भोजपुर मेयर गोल्डकप: एपिएफ फाइनलमा

IMG-20250501-WA0258

भोजपुर: विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 
बिहिबार भएको सेमीफाइनल खेलमा एपिएफले जर्जीयन फुटबल क्लब भारतलाई १–० गोलले हरायो। एपिएफको जितमा दोस्रो हाफको अन्तिम मिनेटमा समिरोह थोकरले निर्णायक गोल गर्नुभयो। उहाँ म्यान अफ दी म्याच हुनुभयो। शुक्रबार भगवती स्पोर्ट्स क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेडबिच खेल हुने छ। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपियाँसहित ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन्।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement