फोर्टी प्लस भेटरन टुर्नामेण्टमा बुङकुलुङ भेटरन्स विजयी

photocollage_202551203924168

रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्ट आजदेखि शुरु भयो। रोहिनी लेकमा बिहीवार खेलिएको उद्घाटन म्याचमा बुङकुलुङ भेटरन्सले चानमुनी भेटरन्स, सिलगढ़ीविरुद्ध ४-२ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट नरेशले २ गोल गरे। यसबाहेक दिपेश थापा र दिनकर छेत्रीले १-१ गोल गरे। यसरी चानमुनी भेटरन्सको तर्फबाट अदित्य राईले २ गोल गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल ८ जूनमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement