श्रमिकवर्ग समाजको मेरुदण्ड हुन् अनि श्रमको सम्मान र अधिकारको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्छ: अजय एडवर्डस

IMG-20250501-WA0247

सोनादा: इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख अजय एडवर्ड्सले आज एचएचटीडीसीएसएस ट्रेड युनियनद्वारा आयोजित अन्तर्राष्ट्रिय श्रम दिवस कार्यक्रममा सहभागिता जनाएका थिए। उक्त कार्यक्रम कलेज भ्याली चिया बगान परिसरमा आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै अजय एडवर्ड्सले श्रमिकहरूको योगदानप्रति गहिरो कृतज्ञता प्रकट गर्दै श्रमिकवर्ग समाजको मेरुदण्ड भएको उल्लेख गरे।

उनले श्रमको सम्मान र अधिकारको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिएका छन्। अन्तर्राष्ट्रिय श्रम दिवसका अवसरमा उनले श्रमिकहरूको संघर्ष, परिश्रम र समर्पणप्रति ऐक्यबद्धता व्यक्त गर्दै सामाजिक न्याय र समान अवसरका पक्षमा प्रतिबद्धता दोहोर्याएका थिए।


कार्यक्रममा बगान श्रमिक, युनियन प्रतिनिधि, स्थानीय बासिन्दा तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement