कालेबुङ: कालिम्पोङ शहरको ११ माइकमा स्थित शहीद पार्कलाई कार पार्किङ स्थल बनाउने विषयलाई विरोध गर्दै आज गोर्खा नेसनल युथ फ्रन्टले कालिम्पोङ जिल्लाशासकलाई एक ज्ञापन पत्र चडाएको छ।शहीद पार्क १९८६ सालमा गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गरेको शहीदहरुको सम्झनामा निर्माण गरिएको हो।तर आज आएर तिनै शहीदहरुलाई लत्याएर त्यहाँ कार पार्किङ गर्नु न्यायोचित होइन भन्दै गोर्खा नेसनल युथ फ्रन्टका शाखा सभापति बुद्ध तामाङ बताउँछन्। कालिम्पोङ शाखा समितिको आयोजनामा आज ज्ञापन पत्र चडाएको र यसको निम्ति आफुहरु घुडा धसेर विरोध गर्ने पनि बताएका छन्।