चेन्नई: आईपीएल २०२५-को ४९औं म्याचमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्स (सीएसके)-लाई ४ विकेटले पराजित गऱ्यो। यस जीतको साथै पञ्जाब किंग्स १० वटा म्याचमा १३ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको दोस्रो स्थानमा पुग्यो। यसरी चेन्नई आईपीएलको जारी सीजनमा प्लेअफ्-को रेसबाट बाहिर हुने पहिलो टीम बन्यो। महेन्द्र सिंह धोनीको कप्तानीमा रहने ५ पल्टको च्याम्पियन चेन्नई १० वटा म्याचमा केवल ४ पोइण्ट्सको साथ दशौं स्थानमा रहेको छ। एमए चिदाम्बरम स्टेडियम (चेपक)-मा टस हारेर पहिला ब्याटिंग गर्दै चेन्नईको टीम १९.२ ओभरमा १९० रन बनाएर अलआउट भयो। सेम कुरेनले चेन्नईको निम्ति सर्वाधिक ८८ रन बनाए। उनले ४७ बल खेलेर ९ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक डेवाल्ड ब्रेविसले २६ बलमा ३२ रन बनाए। अन्य कसैले उल्लेखनीय योगदान दिन सकेनन्। पञ्जाबका बलरहरूमा लेग स्पिनर युजवेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए। उनले चेन्नईको ईनिंग्सको १९औं ओभरमा ह्याट्रिक सहित ४ विकेट हासिल गरे। अर्शदीप सिंह र मार्को यानसनले २-२ विकेट लिए। जवाफमा पञ्जाबले १९.४ ओभरमा ६ विकेटमा १९४ रन बनाएर म्याच जित्यो। कप्तान श्रेयस अय्यरले ४१ बलमा ५ वटा चौका र ४ वटा छक्काको साथ सर्वाधिक ७२ रन बनाए। यसबाहेक प्रभसिमरन सिंहले ५ वटा चौका र ३ वटा छक्काको साथ ३६ बलमा ५४ रन बनाए। प्रियांश आर्यले २३ रनको योगदान दिए। प्रियांश आउट हुँदा स्कोर ४४ रन थियो। त्यसपछि प्रभसिमरन र कप्तान श्रेयसले दोस्रो विकेटको निम्ति ७२ रनको पार्टनरशीप गरे। यी दुईजना आउट भएपछि पनि पञ्जाबलाई म्याच जित्न समस्या भएन। शशांक सिंहले २३ रन बनाए। चेन्नईका बलरहरूमा खलील अहमद र माथिशा पाथिरानाले २-२ विकेट लिए।