बक्सर मेरी कोमले आफ्नो पतिसँग विवाह विच्छेदको पुष्टि गरिन्

IMG-20250430-WA0287

नयाँ दिल्ली: ओलम्पिक पदक विजेता महिला बक्सर एमसी मेरी कोमले आफ्नो वकीलको माध्यमले बुधवार एउटा आधिकारिक बयान जारी गरेर उनको पति करूंग ओन्खोलरसँग २० दिसम्बर २०२३-मा आपसी सहमतिमा विवाह विच्छेद भएको पुष्टि गरेकी छन्। यो घोषणा सोशल मीडिया र अनलाइन प्ल्याटफर्ममा जारी उड़न्ते खबरहरूबीच आएको छ, जसमा मेरी कोमको नाम उनका व्यापारिक सहयोगी हितेश चौधरीसहित अन्य केही व्यक्तिहरूसँग जोड़िएको छ। मेरीले यी सब उड़न्ते खबरहरूलाई खारेज गर्दै उनी र ओन्खोलर दुई साल अघि नै अलग भएको अनि यो सम्पूर्ण रूपले आपसी सहमतिमा भएको बताएकी छन्। मेरि कोमकी वकीलद्वारा जारी बयानमा भनिएको छ, गलत मीडिया रिपोर्ट र निराधार खबरहरूलाई ध्यानमा राखेर म निम्न लिखित स्पष्टीकरण जारी गरिरहेकी छु, एमसी मेरी कोम र करूंग ओन्खोलर अब विवाहित छैनन्। दुवैले २० दिसम्बर २०२३-मा कानूनअन्तर्गत दुवै परिवार र जनजातिका नेताहरूको उपस्थितिमा आपसी सहमतिले विवाह विच्छेदलाई अन्तिम रूप दिए। हितेश चौधरी या अन्य कुनै बक्सरकी पतिसँग मेरि कोमको कुनै प्रकारको सम्बन्धको खबरहरूलाई स्पष्ट रूपले खण्डन गरिन्छ। मीडियाहरूसँग यस्ता निराधार खबरहरूलाई प्रोत्साहित नगर्ने अनुरोध छ। मेरि कोमले फूटबलर कारुंग ओन्खोलरसँग २००५-मा विवाह गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement