हिजो आइतबार देखि गितडब्लिङमा गान्धी जयन्ती खुला नकआउट फुटबल प्रतियोगिता सुरु

IMG-20220912-WA0222.jpg

गितडब्लिङ: गितडब्लिङको जनता मैदानमा एक भब्य समारोहका विच आईतबारदेखि खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। सन्त स्टेफेन विद्यालय कफेरका प्राचार्य रेभ. फादर फिलिक्स डिसुजा द्वारा प्रतियोगिताको औपचारिक सुरुवात गरिएको थियो। कार्यक्रममा सन्त अगस्टिन विद्यालय कालेबुङका शिक्षक श्री जेम्स कार्थक मुख्य अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो। यसबाहेक आमन्त्रित अतिथिगण लगायत ठुलो संख्यामा खेलप्रेमी दर्शकहरू कार्यक्रममा सहभागी भएका थिए।
राष्ट्रपिता महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर सामाजिक संस्था गितडब्लिङ युनाइटेड क्लब (डब्लु.ई.) को आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो।

हिजै प्रतियोगिताका दुईवटा उत्घाटन खेलहरू सम्पन्न भएका छन्। तामयाङ ब्रदर एफसी र रिसाप विरूद्ध भएको खेलमा तामयाङ ब्रदर बिजयी बन्यो भने सालिमे बोईज पन्ध्र माईल र एलपीवाईपी गितकोलबोङ (बी) बिचको खेलमा एलपिवाईपी गितकोलबुङले बिजयी शुरुवात गरेको छ।

यस्तै प्रतियोगिताको दोस्रो दिन आज तीनवटा खेलहरू हुदैछन्। अपराह्न साढे बाह्र बजे हुने पहिलो खेलमा आर.सी.चर्च ले गज्याङ गुजुङको सामना गर्दैछ भने अपराह्न दुई बजे महुवा जुनियर जोरमाने विरूद्ध मैदानमा ओर्लिने छ। आजको अन्तिम खेल साढे तीन बजे हुनेछ जसमा नाईन एमएम ले पेदोङ विरूद्ध खेल्नेछ। प्रतियोगिताको फाइनल खेल दुई अक्टोबर आईतबार, गान्धी जयन्तीको दिन अपराह्न एक बजे सुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement