सोरेङ जिल्लामा पीएम विश्वकर्मा योजना कार्यान्वयनमा तीब्रता

IMG-20250430-WA0296

सोरेङ: सोरेङ जिल्लाका जिल्लापाल धीरज सुवेदीको अध्यक्षतामा आज बसेको जिल्ला पीएम विश्वकर्मा योजना कार्यान्वयन समितिको समीक्षा बैठकले केही महत्वपूर्ण निर्णयहरु पारित गरेको छ। बैठकमा अतिरिक्त जिल्लापालहरु डीआर विष्ट, गायस पेगा लगायत अन्य विभागीय अधिकारीहरूको उपस्थिति थियो। बैठकमा पीएम विश्वकर्मा एवं वाणिज्य उद्दोयगको नेतृत्व जयदीप चौधरीले गरेका थिए। बैठकलाई सम्बोधन गर्दै चौधरीले पीएम विश्वकर्मा योजना अन्तर्गत तीन श्रेणीका निम्ति कूल ५७५ जनाले आवेदन बुझाएका छन्। उनले धेरै लाभार्थीहरूले योजनाबाट लाभ उठाउनका निम्ति प्रशिक्षण कार्यक्रममा उपस्थिति दिनुपर्ने अवगत गराए। सोही प्रकारले जिल्लापाल सुवेदीले योजनाको निम्ति वित्तीय साक्षरता सत्र आयोजना गर्नुपर्ने आवश्यक्तामाथि जोड दिँदै ग्रामीणस्तरमा यसलाई सक्रियता दिनुपर्ने उल्लेख गरे। लाभार्थीहरूलाई यस योजनाबारे जागरुकता गराउन खम्ड विकास कार्यालयअन्तर्गत प्रत्येक ग्राम पञ्चायत वार्डहरुमा साक्षरता कार्यक्रम आयोजन गर्नुपर्ने बैठकले निर्णय लिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement