सिक्किमका अधिकारी टोली कृषि सिँचाई योजना २.० सम्मेलनमा

IMG-20250430-WA0295

गान्तोक: नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित भूमि स्रोत मन्त्रालयको डब्ल्यूडीसी-पीएमकेएसवाई-२.० को समीक्षा सभामा राज्यका वन्य एवं पर्यावरण विभागका अधिकारीहरूले सहभागिता जनाए। उक्त कार्यक्रममा सिक्किम सरकारको सीएफ-एमएस उदय गुरूङ, जेडी-सीइओ आरती बस्नेतलगायत नोडल एजेन्सीका अधिकारीहरू सहभागी थिए। सभाको उद्देश्य देशभरिका विभिन्न राज्यका सम्बन्धित विभागीय अधिकारीहरूलाई प्रधानमन्त्री कृषि सिंचाई योजना २.०, जलाधार विकास योजनाको प्रगतिबारे प्रभावकारी कार्यान्वयनका रणनीतिहरू तयार पार्नु थियो। सभामा सिक्किमका अधिकारी टोलीले डब्ल्यूडीसी- पीएमकेएसवाई-२.० अन्तर्गत राज्यमा योजनाहरुको प्रगति, प्रमुख उपलब्धिहरू र रणनीतिक योजनाहरूबारे जानकारी गराएका थिए। सिक्किमको भू-विशिष्ट योजना, मौसम-आधारित कार्य तालिका, समुदायको सहभागिता र दिगो ग्रामीण विकासका लागि राज्यको प्राथमिकताबारे जोड दिएका थिए। विभागले कोष उपयोगलाई तीव्रता दिने, प्राकृतिक स्रोत व्यवस्थापनमा सुधार गर्ने र जलाधार योजनामार्फत जीविकोपार्जनको निम्ति कार्ययोजना तयार पार्ने जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement