मंगन: उत्तर जिल्लाको काबि-लुङचोक निर्वाचन क्षेत्रका विधायक टीटी भोटियाले राष्ट्रीय राजमार्ग-१० अन्तर्गत विभिन्न स्थानमा गएको पैह्रोग्रस्त क्षेत्रको निरीक्षण गरे। यसक्रममा बी-६ पुल नजिक गएको भीषण पैह्रोबारे जानकारी लिएका थिए। सोही प्रकारले रोङगोङ ग्राम पञ्चाय एकाईतअन्तर्गत सेभेन सिस्टर्स फल्स नजिकको पैह्रोग्रस्त क्षेत्रको पनि निरीक्षण गरे। यस अवसरमा विधायक भोटियासँग महकुमा अनि खम्ड विकास कार्यालयका अधिकारीहरुले पैह्रो प्रभाविच क्षेत्रको जानकारी गराए। यसअवसरमा महकुमा अधिकारी, भू-राजस्व एवं आपदा प्रबन्धन विभागका अभियन्ताहरु लगायत अन्य अधिकारीहरूले प्रभावित क्षेत्रको रिपोर्ट पेश गरेका थिए। स्मरण रहोस्, उक्त शत्रमा पैह्रोको कारण राष्ट्रीय राजमार्ग पूर्णरूपमा बन्द भएपछि यात्राहरुलाई यात्रा गर्न कठिनाइ भइरहेको छ। पैह्रोले राष्ट्रीय राजमार्गलाई मात्र क्षति नबनाएर निजी जमीनलाई पनि क्षति पुऱ्याएको छ। महकुमा अधिकारीले जिल्ला आपदा प्राधिकरण टोलीलाई प्रभावित क्षेत्रको जानकारी गराउने निर्देश दिएका छन्।