पद्मश्री नरेन गुरूङलाई सम्मान

IMG-20250430-WA0291

गान्तोक: भारतको तेस्रो सर्वश्रेष्ठ नागरिक सम्मान पद्मश्री पुरस्कारले सम्मानित नरेन गुरुङ आज सिक्किम फर्किएका छन्। यस क्रममा आज राज्यको प्रमुख प्रवेशद्वार रम्फू चेकपोस्टमा भव्य स्वागत जनाइयो। उनलाई स्वागत जनाउन सिक्किम सरकारका कृषि एवं पशुपालन विभागीय मन्त्री पूरण गुरुङ, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, संस्कृति विभागीय सचिव, तमु गुरुङ बौद्ध संघका प्रतिनिधिहरु लग9य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो सहभागिता थियो। यस अवसरमा रम्फूको पर्यटन विभागीय अतिथिग्रहमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मुख्यमन्त्री प्रेमसिंह तामाङको पक्षबाट बधाई दिए। नरेन गुरुङले सिक्किम र सिक्किमबासीको शीर राष्ट्रस्तरमा उच्च पारेको बताए। यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव खालिङले पद्भश्री सम्मान सम्पूर्ण राज्यको निम्ति ठूलो सम्मान र गर्व रहेको बताए। मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका कलाकारहरूको निम्ति गरिरहेको कार्यहरूको पनि उनले खुलेर सराहना गरे। स्मरण रहोस्, सिक्किमका वरिष्ठ लोक कलाकार नरेन गुरुङ केही दिन अघि राष्ट्रपति द्रौपदी मुर्मूको बाहुलीबाट सम्मानित भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement