कार्यकारी सभासद कल्पना प्रधानद्वारा आँगनबाडी केन्द्रहरूको भ्रमण

IMG-20250430-WA0245

खरसाङ: जीटीएको महिला तथा शिशु कल्याण विभागकी भारप्राप्त सभासद कल्पना प्रधानले खरसाङ खण्डको सन्त मेरिज तीन ग्राम पञ्चायत अन्तर्गत दुधे क्षेत्रका विभिन्न आँगनबाडी केन्द्रहरूको भ्रमण गरिन्। उनले यस अवधि केन्द्रका कर्मचारीहरूसँग भेट गरेर केन्द्रको वर्तमान स्थिति र समस्याहरूबारे जानकारी लिइन्। कर्मचारीहरूले पनि आफ्ना केन्द्रका समस्याहरूबारे अवगत गराउँदै समस्याहरूको समाधान गरिदिने आग्रह गरेका‌ छन्। सभासद कल्पना प्रधानले विशेषगरी यहाँको तरूवा, राई गाउँ अनि पुल लाइन आँगनबाडी केन्द्रहरूको भ्रमण गरिन्। भ्रमणपछि पत्रकारहरूसँग कुराकानी गर्दै आफूले आज दुधेका विभिन्न आइसीडीएस केन्द्रहरूको भ्रमण गरेको औ त्यहाँका समस्याहरूबारे तथा केन्द्रहरू कसरी सञ्चालन भइरहेछ भन्नेबारे जानकारी लिएको बताइन्। प्रधानले सबै केन्द्रहरूबाट सुचारू रूपले असल ढङ्गमा सञ्चालन भइरहेको भए तापनि कतिपय केन्द्रहरूमा सहायक कर्मचारीहरूको कमीको कारण केन्द्र सञ्चालनमा असुविधा भइरहेको जनाइन्। तिनले सबै नानीहरूलाई आइसीडीएस केन्द्रमा पठाउने आग्रह गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement