नाम्ची: आज नाम्चीमा तीन दिनव्यापी तेस्रो बीएफआई इस्ट जोन इलाईट पुरूष एवं महिला बक्सिङ प्रतियोगिताको दोस्रो दिनको खेल सम्पन्न भयो। यस प्रतियोगिताको आयोजना सिक्किम एमेचुअर बक्सिङ एसोसिएशनको सहयोगमा नाम्ची जिल्ला बक्सिङ एसोसिएशनले गरेको हो। उल्लेखनीय छ, यस प्रतियोगितामा सिक्किम, मेघालय, असम र पश्चिम बङ्गालका खेलाडीहरूले सहभागिता जनाएका छन्। आजको कार्यक्रममा मन्त्री सञ्जित खरेल मुख्य अतिथि रहेका थिए। कार्यक्रममा साँस्कृतिक नृत्य आदि पनि प्रदर्शन गरिएको थियो।
यस अवसरमा आरडीडीका ओएसडी विमल खरेल, नाम्चीका वरिष्ठ नागरिक एसके राई, भवन एवं आवास विभागका अध्यक्ष टाँसीदोर्जे तामाङ आदिको पनि उपस्थिति रहेको थियो।