आकाशवाणी खरसाङमा अवकाशप्राप्त कर्मचारी मणिकुमार गुरुङको सम्मान अनि बिदाई समारोह सम्पन्न

IMG-20250430-WA0240

खरसाङ: लगभग ३६ वर्ष आठ महिना आकाशवाणी खरसाङमा कार्य गरेपछि बुधवार ३० अप्रेल २०२५ देखि अवकाशप्राप्त भए मणिकुमार गुरुङ। उनी ५ नोभेम्बर १९८८ सालमा आकाशवाणी खरसाङमा आबध्द भएर ३६ वर्षसम्म कार्य गरेर बुधवार अवकाशप्राप्त भएका छन्। उनी अवकाशप्राप्त भएपछि बुधबार आकाशवाणी खरसाङमा आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको आयोजनामा बिदाई एंव सम्मान कार्यक्रम आयोजना गरेर अवकाशप्राप्त कर्मचारी मणिकुमार गुरुङ अनि उनकी पत्नी कविता गुरुङलाई मञ्चमा बोलाई सम्मान जनाइएको छ।

यस अवसरमा केक काटिएको छ‌। उक्त कार्यक्रममा बिनिता लामा र उमेश कार्कीढोलीले‌ कविता वाचन गरेका थिए भने सिल्भेष्टर लेप्चाद्वारा नृत्य प्रस्तुत गरेका थिए। त्यसरी नै कार्यक्रममा बिपन आले, रिङ्देन लामा, गायिका शोभना प्रधान र देवेन थापाले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा ललित सेवाले मुखबाजाको धुन बजाएर सबैलाई मग्नमुग्ध बनाएका थिए‌। यस बिदाई एंव सम्मान कार्यक्रमलाई आकाशवाणी खरसाङको कार्यक्रम निष्पादक राजीव सुब्बाले अध्यक्षता गरेका थिए भने वरिष्ठ उदघोषक उमेश कार्कीढोलीले कार्यक्रमलाई सञ्चालन गरेका थिए।

कार्यक्रममा सम्मान पत्र उमेश कार्कीढोलीले पठन गरेका थिए भने अभियान्त्रिकी विभागका सुधीर गुरुङको बाहुलीबाट अवकाशप्राप्त कर्मचारी मणि गुरुङलाई सम्मान जनाइएको छ। यस अवसरमा प्रसारण निष्पादक लेकनाथ राईले उपहार प्रदान गरेका थिए। त्यसरी नै आकाशवाणी खरसाङको तर्फबाट स्मृति चिन्ह चिनो कार्यक्रम निष्पादक राजीव सुब्बाको बाहुलीबाट प्रदान गरिएको छ। त्यसरी नै मणिकुमार गुरुङको सहकर्मी गोपाल छेत्री अनि मिङमा डुक्पाले क्रमशः टोपी पहिराएर अनि अंगवस्त्र पहिराएर मणिकुमार गुरुङलाई सम्मानको साथमा बिदाई दिइएको छ। कार्यक्रममा उपस्थित सबै कर्मचारी साथीहरुले पनि खदार्पणसहित माला लगाएर उनको अवकाशप्राप्त जीवनको शुभकामना पनि दिएका थिए। यस बिदाई एंव सम्मान कार्यक्रममा मणिकुमार गुरुङका सहकर्मीहरु दावा यल्मो अनि गोपाल छेत्रीले मणिकुमार गुरुङ एक‌ निष्ठावान् अनि आफ्नो काम र जिम्मेवारीप्रति सदैव अडिग रहने कर्मचारी रहेको पनि बताएका छन्‌। आफ्नो कामप्रति उनी कसैसित पनि सम्झौता नगर्ने व्यक्ति रहेको उनीहरुले बताएका छन्। कार्यक्रममा सभापतिको आशनबाट बोल्दै कार्यक्रम निष्पादक राजीव सुब्बाले मणिकुमार गुरुङ सदा हँसमुख रहने र एक मिलनसार व्यवहार भएको कर्मचारी रहेको बताएका छन्‌। कार्यक्रममा अवकाशप्राप्त कर्मचारी मणिकुमार गुरुङले आफ्नो सम्बोधनमा केही भावुक बन्दै सन् १९८८ मा आकाशवाणीमा‌ जोडिएपछि आज आएर यति छिटो अवकाशप्राप्त गरिरहेछु अनि थाहा नै भएन कति समय बितेको भनी बताएका छन्। उनले लगभग साँढे ३६ वर्षको अवधिसम्म कामहरु गर्दा कसैलाई मन दुखाए भने दुई हात जोडी क्षमा माग्दछु भनी बताएका छन्।

कार्यक्रमको अन्त्यमा प्रसारण निष्पादक मनन तामाङले धन्यवाद ज्ञापन गरेका छन् भने कार्यक्रम सफलीभूत पार्न सहयोग गर्ने सबैप्रति आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको सचिव एंव प्रसारण निष्पादक मिङमा दोर्जे लामाले सबैलाई धन्यवाद दिएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement