स्थापना दिवसलाई केन्द्र गर्दै स्वर्ण जयन्ती कार्यक्रम आरम्भ

IMG_20220912_204646.jpg

सोरेङ: तिक्पुरमा सरकारी माध्यमिक विद्यालय आजदेखि स्कूलको स्थापना दिवसलाई केन्द्र गर्दै स्वर्ण जयन्ती कार्यक्रम आरम्भ भएको छ। सोरेङ जिल्ला अन्तर्गत दरामदिन समष्टिको तिक्पुर स्कूलमा आजदेखि स्वर्ण जयन्ती कार्यक्रम शुरु भएको हो। उद्घाटन दिवसको कार्यक्रममा क्षेत्र विधायक एवं उर्जा तथा यातायात विभागका मन्त्री एमएन शेर्पा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। मन्त्रीको साथमा जिल्ला पञ्चायत अध्यक्ष देविका सुब्बा, सिक्किम राज्य व्यापार निगमका सल्लाहकार निमतेम्बा भोटिया, अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेम कुमार सुब्बा, पूर्व विधायक डीएन शेर्पा, सोरेङ जिल्ला अन्तर्गत शिक्षा विभागका संयुक्त निर्देशक एसपी शर्मा, सीएलसी अध्यक्ष टीका हाङ सुब्बासहित, स्थानीय पञ्चायतगण, विभिन्न स्कूलका शिक्षक-शिक्षिका अनि विद्यार्थीहरू आदिको बाक्लो उपस्थिति थियो। आजदेखि आरम्भ भएको स्वर्ण जयन्ती कार्यक्रम २० सेप्टेम्बरको दिन समापन हुनेछ। स्वर्ण जयन्ती समारोह समितिले कार्यक्रमलाई थप आकर्षक बनाउन पुरुषवर्गको ब्लक स्तरीय खुल्ला फुटबल टुर्नामेन्टको आयोजना गरेको छ। उक्त टुर्नामेन्टमा मोठ १६ टिमले अंशग्रहण गरेका छन्। तर यस फुटबल टुर्नामेन्टमा केवल दरामदिन समष्टिका टिमले मात्र अंशग्रहण गर्न पाउने छन्। यद्यपि, टिमका खेलाडीहरु भने राज्यको कुनै भागदेखि लिएर खेलाउने पाउने छन्।

टुर्नामेन्टका विजेता दललाई आकर्षक ट्रफी सहित नगद राशि एक लाख पचास हजार रुपियाँ र उपविजेता दललाई ट्रफी सहित नगद राशि एक लाख रुपियाँले पुरस्कृत गरिने जानकारी समितिले दिएको छ। यसरी नै वार्ड स्तरीय ब्याडमिन्टन टुर्नामेन्ट पनि राखिएको छ। उक्त टुर्नामेन्टका विजेता खेलाडीलाई ट्रफीसहित नगद राशि २० हजार रुपियाँ र उपविजेता खेलाडीलाई ट्रफीसहित नगद राशि १५ हजार रुपियाँले पुरस्कृत गरिने भएको छ। प्राथमिक विद्यालय स्तरको खेलकुदमा विषेश गरी प्राथमिक पाठशालाका नानीहरुका लागि विभिन्न प्रकारको खेलकुद आयोजना गरिएको छ। यस खेलकुदका लागि पनि ट्रफी साथै प्रमाणपत्र दिएर नानीहरुलाई प्रोत्साहित गरिने बताइएको छ। यो प्रतियोगितामा केवल सिक्ताम तिक्पुर ग्राम पञ्चायत भित्रका प्रथामिक पाठशाला र प्रताप इन्टरनेशनल स्कूलका विद्यार्थीहरू सहभागी बन्न पाउने छन्। यसै गरी, दरामदिन समष्टि स्तरीय अन्तर विद्यालय तर्क प्रतियोगिता पनि आयोजना गरिएको छ। जस अन्तर्गत तर्क प्रतियोगितामा सम्बन्धित समष्टिका उच्चतर माध्यमिक विद्यालयले सहभागिता जनाएका छन्। यसरी नै साँस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता पनि राखिएको छ। आजको कार्यक्रममा ‘पद चिन्ह’ नामक स्कूल म्यागजिन मुख्य अतिथिको बहुलीबाट लोकार्पण गरियो। आज खेलिएको पहिलो म्याचमा बियोङ फुटबल क्लबले रङकुप बोइसलाई ट्राइब्रेकरमा परास्त गऱ्यो। दोस्रो म्याचमा रुम्बुक फुटबल क्लबले ब्रदरवुड फुटबल क्लबलाई तीन गोलको विरुद्ध चार गोलले पराजित गरि अर्को चरणमा प्रवेश गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement