नयाँ दिल्ली: पञ्जाब किंग्सका ओपनिंग ब्याटर प्रभसिमरन सिंह २०१४ पछि पहिलोपल्ट प्लेअफ्-मा स्थान बनाउने आफ्नो टीमको सम्भावनाहरूलाई लिएर उत्साहित छन् कारण टीम श्रेयस अय्यर-रिकी पोण्टिंगको युगमा ‘अलग थरीको’ क्रिकेट खेलिरहेको छ। कप्तान अय्यर र मुख्य प्रशिक्षक रिकी पोण्टिंग दुवै पञ्जाब किंग्ससँग आफ्नो पहिलो सीजनको मध्यमा रहेका छन् तर प्रभसिमरन २०१९-देखि नै टीममा कायम छन्। पञ्जाब किंग्समा आफ्नो लामो कार्यकालमा धेरैजना कप्तान र प्रशिक्षकहरूसँग खेल्ने प्रभसिमरनको अय्यर र पोण्टिंगको जोड़ीले टीममा धेरै नयाँपन ल्याएको सोच रहेको छ। उनले भने, पञ्जाब किंग्ससँग मेरो ७ साल भएको छ। टीमले निश्चित रूपमा मलाई धेरै साथ दियो। हामीले यस साल अलग थरीको क्रिकेट खेल्यौं अनि अधिकांश समय नै हामी प्रतिद्वन्द्वी टीमहरूमाथि हावी रह्यो। यति त तपाईंहरूले पनि देख्नु भयो।
विकेटकीपर-ब्याटर प्रभसिमरनले भने, दुर्भाग्यले गत म्याच (केकेआरविरुद्ध)-मा वर्षा भयो तर हाम्रो टीमको प्लेअफ्-मा स्थान बनाउने सम्भावना अहिले पनि मजबूत छ। प्लेअफ्-को निम्ति क्वालीफाई गरे हाम्रो नजर ट्रफीमाथि रहनेछ। टीमले यति सालहरूमा ममाथि भरोसा गरेको छ अनि अब केही फिर्ता दिने मेरो निम्ति समय आएको छ। उल्लेखनीय छ, प्रभसिमरन यी दुई खेलाड़ीहरूमा सामेल थिए, जसलाई फ्रेञ्चाइजीले मेगा लिलामी अघि रिटेन गरेको थियो। फ्रेञ्चाइजीले प्रभसिमरनको साथमा शशांक सिंहलाई रिटेन गरेको थियो। प्रभसिमरनले महान क्रिकेट सचिन तेन्दुलकरबाट प्राप्त भएको सल्लाहलाई याद गर्दै आफ्नो खेलमा सुधारको श्रेय उनलाई दिए। पञ्जाबका यस २४ वर्षीय क्रिकेटरले भने, सचिन सरले मलाई प्रत्येक म्याचको निम्ति अन्तिम एकादशमा स्थान नपाए पनि निराश नहुने अनि टीममा रहेर नयाँ कुराहरू सिक्ने परामर्श दिएका थिए। यसैकारण कुनै म्याचमा खेल्ने मौका नपाउँदा म निराश हुदिन थिएँ। मलाई केवल मौकाको प्रतीक्षा थियो। यसबाहेक टीममा लामो समयसम्म रहेर मैले धेरै कुराहरू सिक्ने मौका पाएँ।