सीनियर खेलाड़ीहरूका निराशाजनक प्रदर्शनपछि भारतको सुदीरमन कपमा अभियान समाप्त

IMG-20250430-WA0163

नयाँ दिल्ली: भारतीय ब्याडमिण्टन टीमले इण्डोनेशियाविरुद्ध ग्रुप डी-को खेलमा १-३-ले हारको सामना गर्नु पऱ्यो। यसको साथै सुदीरमन कपमा भारतको चुनौती पनि समाप्त भयो। भारतको निम्ति स्टार खेलाड़ी पीभी सिन्धू र एचएस प्रणयले निराशाजनक प्रदर्शन गरे। भारतले यसअघि आइतवार डेनमार्कविरुद्ध १-४-ले हारको सामना गर्नु परेको थियो। यस टुर्नामेण्टको नक्आउट चरणमा पुग्ने रेसमा सामेल रहन भारतको निम्ति इण्डोनेशियाविरुद्ध जीत हासिल गर्नु जरूरी थियो। इण्डोनेशियाविरुद्ध हारको साथै ईंग्ल्याण्डविरुद्ध भारत अन्तिम ग्रुप खेल केवल औपचारिकता बनेको छ। ईंग्ल्याण्ड पनि टुर्नामेण्टबाट बाहिर भइसकेको छ। आफ्नो शुरुवाती खेलमा ईंग्ल्याण्डलाई ५-०-ले पराजित गर्ने इण्डोनेशिया र डेनमार्कले ग्रुप डी-बाट नक्आउट चरणमा स्थान बनाएको छ। डेनमार्कले पनि मंगलवार ईंग्ल्याण्डलाई ५-०-ले पराजित गऱ्यो। डेनमार्कविरुद्ध महिला र पुरुष एकल म्याचमा हारको सामना कगर्ने सिन्धू र प्रणयले इण्डोनेशियाई प्रतिद्वन्द्वीहरूविरुद्ध पनि चुनौतीलाई पार गर्न सकेनन्।
भारतले मिश्रित युगलमा घ्रुव कपिला र तनिषा क्रास्टोकी जोड़ीको जीतको साथ शुरु गऱ्यो। यस जोड़ीले १ घण्टा र १० मिनटसम्म चलेको म्याचमा रेहान नौफाल कुशारजन्तो र ग्लोरिया इमानुएल विडजालाको जोड़ीलाई १०-२१, २१-१८, २१-१९-ले पराजित गऱ्यो। टीमको बढ़तलाई कायम राख्ने जिम्मेवारी दुईपल्टकी ओलम्पिक पदक विजेता सिन्धूमाथि थियो तर विश्व ऱ्याङकिंगमा १८औं स्थानमा रहने भारतीय खेलाड़ीले केवल ३८ मिनटमा ११औं नम्बरकी खेलाड़ी पुत्री कुसुमा वर्दानीविरुद्ध २१-१२, २१-१३-ले हारको सामना गर्नु पऱ्यो। पुरुष एकलमा प्रणय समक्ष जोनाथन क्रिस्टीको चुनौती थियो। भारतीय खेलाड़ीले शुरुवाती गेम २१-१९-ले जितेर असल शुरुवात गरे तर विश्व ऱ्याङकिंगमा छैटौं स्थानमा रहने क्रिस्टीले पनि अघिल्लो दुईवटा गेम जितेर भारतीय खेलाड़ीलाई पराजित गरे। म्याचमा क्रिस्टीले प्रणयलाई १९-२१, २१-१४, २१-१२-ले पराजित गरे। महिला युगलमा प्रिया कोनजेंगबाम र श्रुति मिश्राकी भारतीय जोड़ीले लैनी त्रिया मायासरी र सिती फादिया सिल्वा रामधन्तीकी जोड़ीविरुद्ध असहाय आत्मसमर्पण गऱ्यो। म्याचमा भारतीय जोड़ीले १०-२१, ९-२१-ले हारको सामना गर्नु पऱ्यो। यस हारको साथै भारत टुर्नामेण्टबाट बाहिर भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement