नयाँ दिल्ली: आईपीएलको जोश र उत्साहले देशमा जति-जति नयाँ उँचाई हासिल गरिरहेको छ, मैदान बाहिर एउटा विनाशकारी ट्रेण्ड पनि त्यति नै उँचाईमा पुगिसकेको छ। भारतमा सट्टाबाजी (बेटिंग)-ले यस साल ८.५ लाख करोड़ रुपियाँको नयाँ रेकर्ड स्तर छोएको छ। क्षतिग्रस्त जिन्दगी, भत्किरहेको परिवार र आर्थिक बर्बादी जस्ता घटनाक्रमहरू स्टेडियममा ताली र फेण्टेसी लीगको शोरको पछि ओझलमा परिरहेको छ। हालका केही खबरहरूले सबैलाई स्तब्ध बनाएको छ। कर्नाटकका एकजना व्यक्तिले सट्टाबाजीमा १ करोड़ रुपियाँ गुमाए। त्यसपछि उनकी पत्नी आत्महत्या गर्न वाध्य भइन्। मैसूरमा धेरै परिवार यस जालमा परेर बर्बाद भइसकेको छ। खेल प्रति पागलपन र सट्टाबाजीको नशा अहिले तेजीको साथ फैलिरहेको महामारी बनेको छ। यसको विरोधमा जागरुकताको एउटा नयाँ लहर शुरु भएको छ। एञ्जल वन-को फाइनवन क्लबमा २४,००० भन्दा अधिक मानिसहरूले क्विट बेटिंगको संकल्प लिइसकेका छन्, जसले विशेषगरी युवा पीढ़ीलाई वित्तीय सुझबुझको बाटो देखाइरहेको छ। यो अभियान केवल एउटा अभियान नभएर आर्थिक स्वतन्त्रताको लड़ाइँमा एउटा समुदायको निर्माण हो। सट्टाबाजी हेर्नमा आकर्षक लागे पनि यसको परिणाम भयावह हुन्छ। यस आईपीएल सीजनमा यसबाट टाढ़ा रहनु नै शायद असली जीत हुनेछ।