गेजिङ: टीकाकरणको निम्ति गेजिङ जिल्लाले आफ्नो पहिलो जिल्ला कार्यदल बैठक आज जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा आयोजन गऱ्यो। बैठकको अध्यक्षता जिल्लापाल यस्से डी. योङ्गदाले गरेकी थिइन्। बैठकमा गेजिङका सीईओ, डीआरसीएचओ, बीडीओ आदि उपस्थित थिए। बैठकमा कुल चार मुद्दामाथि मूलरूपमा चर्चा परिचर्चा गरियो। जसमा बालबालिका र किशोरहरूका लागि डी-वर्मिङ डे, किशोरहरूमा कोभिड टीकाकरण, पोषण अभियान/माह र विद्यालयहरूमा स्वास्थ्य एवं कल्याण गतिविधि सामेल छन्।
डीआरसीएचओ डा. पत्रिका राईले नानीहरूमा स्वास्थ्य जीवनशैली विकास, जागरूकता कार्यक्रम, किशोर स्वास्थ्य दिवस आदि जस्ता कार्यक्रममा शिक्षक, आशाकर्मी र ऑंगनवाडी कार्यकर्ताहरूको उल्लेखनीय भूमिकामाथि प्रकाश पारिन्। जिल्लापालले अभियानलाई अझ प्रभावी बनाउन कतिपय सुझाउहरू राखिन्। उनले जिल्लामा वर्तमान कोभिड टीकाकरणको स्थितिबारे जानकारी लिइन्। उनले जिल्लामा जारी गतिविधिहरूबारे जानकारी लिॅंदै सही डाटा प्रस्तुत गर्न लगाइन्।