दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरी जीतको फर्म हासिल गर्न सफल केकेआर

IMG-20250429-WA0314

नयाँ दिल्ली: आईपीएल २०२५-को ४८औं म्याचमा कलकत्ता नाइट राइडर्स (केकेआर)-ले दिल्ली क्याटिपल्सलाई १४ रनले पराजित गऱ्यो। यस जीतको साथै केकेआर-ले प्लेअफ्-मा पुग्ने आशाहरूलाई जीवित राख्यो। गत सीजनको च्याम्पियन टीम अहिले १० वटा म्याचमा ९ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको सातौं स्थानमा रहेको छ। यसरी चौथो स्थानमा रहने दिल्ली क्यापिटल्ससँग १२ पोइण्ट्स रहेको छ। अरुण जेटली स्टेडियममा मंगलवार टस हारेर पहिला ब्याटिंग गर्दै केकेआर-ले २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनायो। अंगकृष रघुवंशीले सर्वाधिक ४४ रन बनाए। उनले ३२ बल खेलेर ३ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक रिंकू सिंहले ३१ रन बनाए। यसरी सुनिल नारेनले २७ तथा रहमानुल्लाह गुरबाज र कप्तान अजिंक्य रहाणेले २६-२६ रनको योगदान दिए। दिल्लीका बलरहरूमा मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए। विप्रज निगम र अक्षर पटेललाई पनि २-२ सफलता हासिल भयो। जवाफमा केकेआर-ले २० ओभरमा ९ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो। ओपनर फाफ डू प्लेसिसलले ७ वटा चौका र २ वटा छक्काको साथ ४५ बलमा ६२ रन बनाए। यसबाहेक कप्तान अक्षर पटेलले ४३ र विप्रजले २८ रन बनाए। यी तीनजनालाई छोड़ेर अन्य कसैले उल्लेखनीय योगदान दिन सकेनन्। पटेलले २३ बल खेलेर ४ वटा चौका र ३ वटा छक्का लगाए। केकेआर-का बलरहरूमा सुनिल नारेनले ३ र वरुण चक्रवर्तीले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement