गान्तोक: आज राजधानीको मनन केन्द्रमा आयोजित कुजू सांस्कृतिक महोत्सव २०२५ को कर्टेन रेजर समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ सहभागी बने।
सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको उपलक्ष्यमा राज्य संस्कृति एवं धरोहर विभाग यस
महोत्सवको आयोजना ले गरिरहेको छ।
१ मईदेखि १० मईसम्म आयोजना हुने उक्त महोत्सव राज्यको समृद्ध सांस्कृतिक सम्पदा र सिक्किमलाई परिभाषित गर्ने विविधतामा एकताको गौरवशाली प्रतिबिम्ब रहेको मुख्यमन्त्रीले बताए।
यस महोत्सवले २१ जातीय समुदायहरूलाई साझा मञ्चमा एकसाथ ल्याउनेछ, जहाँ परम्परागत संगीत, नृत्य र कला गर्व र सद्भावका साथ प्रदर्शन गरिने छ भनी उनले बताएका छन्।
मुख्यमन्त्रीले कार्यक्रमको भव्यता र विविधतामा थप आकर्षण थप्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरूको पनि सहभागिता रहने जानकारी गराए। कुजू महोत्सवमा लोक प्रस्तुति र सम्पदा पदयात्रादेखि स्टोरी टेलिङ, रंगमञ्च, हस्तकला र रंगारंग सांस्कृतिक कार्निभल प्रस्तुत गरिने छन्।

मुख्यमन्त्रीले यस ऐतिहासिक अवसरमा सबैलाई सहभागी बन्न आमन्त्रित गरेका छन्। उनले ‘एउटा माटो, धेरै रंग’ को भावना अनुभव गर्न र सांस्कृतिक विरासतको संरक्षण र प्रवर्द्धन गर्ने सामूहिक प्रतिबद्धतालाई बलियो बनाउन आह्वान गरेका छन्।