सिक्किमकी कवि लुइस विष्ट चितवन नेपालमा पुरस्कृत

IMG-20250429-WA0273

गान्तोक: ३२औँ पारिजात स्मृति दिवसको अवसरमा साहित्य सङ्गम चितवन, नेपालद्वारा नेत्रमाया/मुक्तिनाथ भट्टराई स्मृति पुरस्कार सिक्किमकी कवि/गीतकार/गजलकार लुइस विष्टलाई प्रदान गरिएको छ।
नारायणी महाविद्यालय भरतपुर नेपालको प्रेक्षागृहमा आयोजित पुरस्कार वितरण कार्यक्रममा पुरस्कार राशि नगद १८ हजार (अठार हजार) रूपियाँ साथै सम्मान पत्र प्रदान गरिएको हो। उक्त पुरस्कार २०१० देखि अविच्छिन्न क्रियाशील भई कविता, गीत तथा गजलका क्षेत्रमा पुराएको योगदानको उच्च कदर गर्दै कवि लुइस विष्टलाई समर्पण गरिएको हो। नेत्रमाया/मुक्तिनाथ भट्टराई स्मृति पुरस्कारका संस्थापक तथा पुरस्कार राशिदाता उनका सुपुत्र डा. धनेशवर भट्टराईले पुरस्कार राशि उपलब्ध गराइएका थिए भने सभाअध्यक्ष प्रकाश चपगाईँबाट पुरस्कृत विष्टलाई प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा चितवन निवासी साहित्य सर्जक साबी चालिसेद्वारा लुइस विष्टको परिचयात्मक वक्तव्य राखेकी थिइन् साहित्यकार इन्द्र प्रसाद रेग्मी, उपकुलपति, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले पुरस्कारबारे विस्तृत विवरण राखेका थिए। वरिष्ठ तथा विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको स्वागत भाषणमा साहित्य सङ्गम चितवनका उपाध्यक्ष राजेन्द्र घायलले कविताद्वारा नै कवि लुइस विष्टको प्रशंसा गर्दै राखेका थिए।


कार्यक्रमको सञ्चालन साहित्य सङ्गम चितवनकी सचिव उषा तिवारीले गरेकी थिइन भने धन्यवाद ज्ञापन सहित कार्यक्रम समापनको घोषणा सभाअध्यक्ष प्रकाश चपागाईँले गरेका थिए।
उक्त कार्यक्रममा अन्य दुई नारी हस्ताक्षर चितवन नेपाल निवासी कवि/आख्यानकार गायत्री अधिकारी अनि पाल्पा नेपालकी कवि/ गजलकार/आख्यानकार स्वप्निल निरभलाई पनि भिन्न भिन्न पुरस्कारद्वारा सम्मान जनाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement