धार्मिक अनुष्ठानमा सहभागी बन्न १०८ कृष्णमणि महाराज सिक्किममा

IMG-20250429-WA0307

गान्तोक: तिमी-नाम्फिङ निर्वाचन क्षेत्रअन्तर्गत रहेको प्रसिद्ध नाम्फिङ श्रीकृष्ण प्रणामी मंगलधाममा नयाँ महन्तको नियुक्ति अनुष्ठानमा सहभागिता जनाउन गुजरातको जामनगर नौतनपुरी धामका जगतगुरू आचार्य श्री १०८ कृष्णामणि महाराज सिक्किम आइपुगेका छन्। यसबीच उनले सिक्किम अत्यन्तै सुन्दर र प्राकृतिकरूपले सौन्दर्यपूर्ण स्थान रहेको बताएका छन्। आज बुर्तुक स्थित हेलिप्याडमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले सिक्किम एक जैविक राज्य रहेको र प्राकृतिक सौन्दर्यलाई बढावा दिनको निम्ति प्लास्टिकको प्रयोगमा प्रतिबन्ध कार्यहरू सराहनीय रहेको बताए। श्रीकृष्ण मंगलधाम नाम्फिङमा भोलिदेखि तीन दिवसीय धार्मिक अनुष्ठान आयोजन हुन गइरहेको जानकारी गराउँदै उनले श्रीकृष्ण मंगलधाममा महन्त नियुक्त गर्ने धार्मिक विधि अनुष्ठानमा सहभागी बन्न सिक्किम भ्रमणमा रहेको अवगत गराए। उनले पत्रकारहरूलाई जानकारी गराए अनुसार प्रमोद सुधाकरलाई श्रीकृष्ण मंगलधाम नाम्फिङको महन्तको रूपमा स्थापित गरिनेछ। समाजमा शान्ति, भाइचारा र सद्भावको कामना पनि उनले राखेका छन्। हेलिप्याडमा स्वागत जनाउन श्रीकृष्ण प्रणामी धर्मसभा समिति सिक्किमका अध्यक्ष गोपाल छेत्री लगायत अन्यहरूको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement