नाम्चीमा सहकारिता सचेतना कार्यक्रम

IMG-20250429-WA0309

नाम्ची: नाम्ची जिल्ला सहकारी विभागको पहलमा आज नाम्ची वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा सहकारिता सचेतना कार्यक्रम आयोजन गरियो। कार्यक्रममा विद्यालयका प्राचार्य हरिप्रसाद मंगर मुख्य अतिथिकारूपमा उपस्थित थिए। यस कार्यक्रमको उद्देश्य सहकारी आन्दोलनको भूमिका र महत्वबारे विद्यार्थीहरूमा सचेतना गराउनु थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मंगरले विद्यार्थीहरूलाई यस प्रकारको कार्यक्रमले लाभ पुऱ्याउने बताउँदै विशेष अन्तर्क्रियात्मक कार्यले सचेतनाको सन्देश गराउने बताए। कार्यक्रममा बोल्दै उनले यसबाट शैक्षिक र व्यवसायिक यात्रामा लाभकारी हुने उल्लेख गरे। सोही क्रममा सहकारी विभागका संयुक्त रेजिस्ट्रार मोती राईले विद्यालयका विद्यार्थीहरूलाई सहकारी क्षेत्रमा संलग्न गराउने प्रोत्साहित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement