सोरेङमा मनसुन पूर्वको प्रशासनिक तयारी

IMG-20250429-WA0311

गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल एवं जिल्ला आपदा प्रवन्धन प्राधिकरणका अध्यक्ष धिरज सुवेदीको अध्यक्षतामा आज मनसुन पूर्वको तयारीलाई लिएर उच्चस्तरीय बैठक सम्पन्न भयो। सोरेङ सामुदायिक भवनमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै जिल्लापाल सुवेदीले आपदा समयमा सबै विभागका अधिकारीहरूले एक अर्कामा समन्वय बनाएर जिम्मेवारी निर्वाह गर्नुपर्ने सुझाउ दिए। जिल्लापाल सुवेदीले आपदा समयमा लाइन विभागको भूमिकाबारे जानकारी गराए। उनले सम्वन्धित निकायका अधिकारीहरूलाई आपदा समयमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने निर्देश दिए। जिल्लापालले सोरेङ जिल्ला वरिपरि पैह्रो गएमा सम्वन्धित निकायका अधिकारीहरूले प्रभावी कार्यमा ध्यान केन्द्रित गर्ने आह्वान गरे। उनले जोखिम न्यूनीकरण र प्राकृतिक आपदा कार्यमा सुधार गर्न समयमै तयारी गर्नुपर्ने जोड दिए। यसका साथै उनले जिल्लामा भइरहेको विभिन्न पहलहरूबारेमा बोल्दै सबै सरोकारवालाहरूलाई प्राकृतिक प्रकोपको समय सामुहिक सहभागिताको लागि आह्वान गरे। अर्कोतिर उनले “स्वच्छ पानी, स्वच्छ हामी” अभियानको सफल कार्यान्वयनले जिल्लामा किटानशक रोग नियन्त्रणमा उल्लेख्य योगदान पुऱ्याएको बताए। उनले सम्बन्धित विभागहरुको परिश्रमको प्रशंसा गर्दै यसलाई निरन्तरता दिने आग्रह गरे। जिल्लापालले बताएअनुसार जिल्ला प्रशासनले जिल्ला आपदा प्राधिकरणसँग मिलेर कुनै पनि समस्याको समाधान गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement