गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ समारोहको एक भागकोरूपमा आद सिक्किम सरकारको संस्कृति मामिला विभागद्वारा १० दिवसीय सांस्कृतिक कार्यक्रम कुजु कल्चर फेस्टिभलको उदघाटन गरियो। आज राजधानीको मनन केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकारुपमा उपस्थित थिए। यसका साथै मुख्यनमन्त्रीकी धर्मपत्नी कृष्ण राई, मन्त्रीगण, विधायकगण, मुख्य सचिव, मुख्यमन्त्रीका राजनीतिक सचिवलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो। कार्यक्रममा मुख्यमन्त्री तामाङले मनन केन्द्र परिसरमा सिक्किम राज्यका संस्कृतिसँग सम्बन्धित प्रदर्शनीहरूको अवलोकन गरे। यसबीट मुख्यमन्त्रीले कुजु उत्सवको ब्राउसर अनि भीडियोको लोकार्पण गरे। कार्यक्रममा संस्कृति विभागका कलाकारहरूले सिक्किमका विविध सांस्कृतिक कार्यक्रम प्रस्तु गरेका थिए। यसका साथै भोटिया, लेप्चा अनि नेपाली जातिका संस्कृतिसित जोड़िएका गिती नाटक एकै माटो अनेक रङको मञ्चन गरियो। यसरी नै कार्यक्रममा गांग्यापका विद्यार्थीहरुले नेपावी अनि हिन्दी फ्यूजन गीत साथै नृत्य प्रस्तुत गरेका थिए। कुजु कल्चर फेस्टिभलबारे जानकारी गराउँदै नोडल अधिकारीले कार्यक्रम आगामी १० मईसम्म राजधानीको विभिन्न ठाउँहरूमा सम्पन्न हुने जानकारी गराए। यसरी नै कार्यक्रममा राज्य लगायत विभिन्न राज्यका संस्कृतिकर्मीहरूले भाग लिने अवगत गराए। समापन कार्यक्रममा एआर रहमान म्यूजिक स्कूलले विशेष प्रस्तुति दिने बताए।