खरसाङ: आवाज एनजीओ (गैर सरकारी संस्था) खरसाङद्वारा ईण्डियन रेड क्रस सोसाइटी खरसाङ ब्राचसित मिलेर रक्तदान शिविरको आयोजना गरेकाे छ। उक्त रक्तदान शिविर खरसाङ महकुमा अस्पतालमा सम्पन्न गरिएको छ। उक्त रक्तदान शिविरमा जम्मा १९ जनाले रक्तदान गरेका थिए। यस अवसरमा खरसाङको आवाज एनजीओको पदाधिकारीहरु र सदस्यहरु क्रमैले लोक नारायण प्रधान, सुकराज दुमी राई, शम्भु कुमार राई, सकुन लामा, प्रनिता गुरुङ, उत्तमकुमार प्रधान, तेञ्जिङ शेर्पा, सुजता लामा गुरुङ, मंगल शेर्पा, भक्तबहादुर मुखिया, राजु सुब्बा, महमुद असगर कुरेसी आदि उपस्थित रहेका थिए।

उक्त रक्तदान शिविरको आयोजना गर्नमा विशेष रूपमा सहयोग गर्ने व्यक्तिहरु क्रमैले डा. पार्थो पोद्दार, नर्स सिर्जना छेत्री, अरुणा प्रधान, दुशान खाती, संगम छेत्री, सुनिल गिरी, देवराज राई, बिजयसिंह सेञ्चुरी, अरुण दर्नाल आदिलाई धन्यवाद दिइएको जानकारी सुकराज दुमी राईले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।