पर्यटकहरुका लागि हर्नबील पार्क निर्माणको लागि धन्यवाद प्रकट

IMG-20250429-WA0211

तीनधारे: तीनधारे महानदी समष्टिको दुई नम्बर बस्तीमा‌ हर्नबील पार्क र स्काई टावरको उदघाटन गरिएकोमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले खुशी व्यक्त गरेका छन्। उनले यो ठाउँमा पर्यटकहरुका लागि मुख्य आकर्षणको रुपमा हर्नबील पार्क र स्काई टावर निर्माण गरेर राम्रो कार्य गरिएको बताएका छन्‌। उनले आज एक भिडियो जारी गर्दै खरसाङ खण्ड पञ्चायत समितिको योजनामा फिप्टिन फाइनेन्सबाट उक्त हर्नबील पार्क र फिफ्ट स्टेट फाईनेन्सबाट स्काई टावर निर्माण गरिएकोमा खुशी व्यक्त गर्दै आभार प्रकट गरेका छन्‌। उनले यो हर्नबील पार्क खरसाङको गिध्द पहाड निवासी सत्यम छेत्रीले‌ बनाएको भन्दै खुशी लागेको बताएका‌ छन्। उनले सत्यम छेत्रीलाई धन्यवाद दिएका छन्। उनले आफ्नो भिडियोमा भनेका छन् – तीनधारेदेखि केही मुनिस्थित दुई नम्बरमा रहेको फूलबारी क्षेत्रमा ठूलो वरको रूख रहेको पहिला पहिला पनि त्यहाँ हर्नबील अर्थात नेपालीमा हङरायो आउने गरेको र अहिले आएर उक्त स्थानमा पर्यटकहरुका लागि हर्नबील पार्क निर्माण गरिएकोमा‌ खुशी व्यक्त गरेका छन्। उनले अब यस क्षेत्रमा पर्यटकहरु आउने सम्भावना रहेको र आउने कुरामा पनि आशा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement