मङपु: सरस्वती विद्यालयको कौस्तुब जयन्ती यसै वर्ष रहेको छ। कौस्तुब जयन्तीको पावन अवसरमा मङपु जनमैदानमा आजदेखि जिल्ला स्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता शुरू भएको छ। विद्यालयका प्राध्यापिका चन्द्रकला राईको अध्यक्षतामा सम्पन्न भएको पहिलो उद्घाटन खेल कुमदिनी होम्स बनाम घुम बोइज स्कुलमा भिडन्त भयो।

खेलको आरम्भमा जीटीए खेल विभागका सभासद नवराज छेत्रीले विद्यालयले ७५ वर्ष पुगेको अवसरमा ७५ वटा ब्यालुन उडाए भने विशिष्ट अतिथि भूतपूर्व खेलाडी भास्कार थापाले बल किकअफ् गरेर खेलको आरम्भ गरे।