नेपाल पुलिस क्लब कोशी प्रदेश टिमसँग ३७ रनले पराजित

IMG-20250429-WA0207

मोरङ: नेपालका पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलिएको समूह बी अन्तर्गतको पहिलो लिग खेलमा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गर्दै जित दर्ता गरेको छ। टस हारेर ब्याटिङ गर्न आएको कोशी प्रदेशको टोलीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ९३ रन बनाएको थियो। कोसी प्रदेशका खेलाडी रूपक बरालले सर्वाधिक २९ रन बनाए। जवाफमा नेपाल पुलिस क्लब २४ ओभर ५ बलमा ५६ रनमै अलआउट भयो। पुलिस टोलीका कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। कोशी प्रदेशका खेलाडी प्रेम कामतले ९ ओभरमा १५ रन दिँदै ५ महत्वपूर्ण विकेट लिएका थिए जसका लागि उनलाई मोरङ खेलकुद समितिका अध्यक्ष सुरज श्रेष्ठले प्लेयर अफ द म्याचको पुरस्कार प्रदान गरे। आयोजकको तर्फबाट जानकारी दिँदै पुष्पराज थपलियाले अर्को खेल बुधबार कोशी प्रदेश र भारतको आसाम क्लबबीच खेलिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement