भारतीय महिला टीमको लगातार दोस्रो जीत

IMG-20250429-WA0199

कोलम्बो: भारतीय महिला क्रिकेट टीमले श्रीलंकामा जारी त्रिदेशीय वनडे सीरीजमा लगातार दोस्रो जीत हासिल गऱ्यो। मंगलवार खेलिएको म्याचमा भारतीय महिला टीमले दक्षिण अफ्रिकाविरुद्ध १५ रनले रोमाञ्चक जीत हासिल गऱ्यो। आर प्रेमदासा स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ६ विकेट गुमाएर २७६ रन बनायो। ओपनर प्रतिका रावलले आफ्नो फर्मलाई कायम राख्दै सर्वाधिक ७८ रन बनाइन्। उनले ९१ बल खेलेर ७ वटा चौका र एउटा छक्का लगाइन्। यसबाहेक कप्तान हरमनप्रीत कौरले अविजित ४१ रनको योगदान दिइन्। जेमिमा रोड्रिग्सले पनि ४१ रन बनाइन्। हरमनप्रीत र जेमिमाले ४-४ वटा चौका लगाइन्। हरलीन देओलले २९ र रिचा घोषले २४ रन बनाइन्। दक्षिण अफ्रिकी बलरहरूमा नोनकुलुलेको मलाबाले २ विकेट हासिल गरिन्। त्यसपछि ओपनर ताजमिन ब्रिट्सले शतक बनाए पनि दक्षिण अफ्रिका ४९.२ ओभरमा २६१ रन बनाएर अलआउट भयो। दक्षिण अफ्रिका एक समय २ विकेटमा १७० रन बनाएर जीतको दिशामा अग्रसर भयो तर पछिबाट ९१ रनमा ८ विकेटको पतन हुँदा टीमले हारको सामना गर्नु पऱ्यो। ब्रिट्सले १०७ बलमा १३ वटा चौका र ३ वटा छक्काको साथ १०९ रन बनाइन्। यसबाहेक कप्तान लौरा वूल्भर्टले ४३ रनको योगदान दिइन्। भारतीय बलरहरूमा स्नेह राणाले सर्वाधिक ५ विकेट हासिल गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement