युवा वैभव सूर्यवंशी र राजस्थान रोयल्सद्वारा रेकर्डहरूको वर्षा

IMG-20250429-WA0158

जयपुर: राजस्थान रोयल्सका १४ वर्षीय ओपनिंग ब्याटर वैभव सूर्यवंशीले गुजरात टाइटन्सविरुद्ध सवाई मानसिंह स्टेडियममा खेलिएको आईपीएल २०२५-को म्याचमा सोमवार राति ऐतिहासिक ईनिंग्स खेले। म्याचमा शतक बनाएर आफ्नो टीमलाई जिताउनको साथै वैभवले धेरै रेकर्डहरू पनि तोड़े। वैभवले ब्याटको साथ असाधारण प्रदर्शन गर्दै आफ्नो उमेरभन्दा धेरै ठूल्ठूलो उपलब्धिहरू हासिल गरे। उनले टी२० र जारी आईपीएल सीजनको सबैभन्दा तेज अर्द्धशतक बनाएपछि शतक पनि पूरा गरे। उनले केवल ३५ बलमा आफ्नो पहिलो आईपीएल शतक बनाएर एकाधिक रेकर्ड तोड़े। वैभव १४ साल ३२ दिनको उमेरमा टी२० प्रारूपमा शतक बनाउने सबैभन्दा युवा क्रिकेटर बने। उनले विजय जोलको रेकर्ड तोड़े, जसले महाराष्ट्रबाट खेल्दै मुम्बईविरुद्ध २१ मार्च २०१३-मा १८ साल ११८ दिनको उमेरमा शतक बनाएका थिए। वैभवले गुजरात टाइटन्सविरुद्ध केवल ३५ बलमा शतक पूरा गरे, जुन आईपीएलको इतिहासमा कुनै पनि भारतीयको सबैभन्दा तेज अनि समग्रमा दोस्रो सबैभन्दा तेज शतक हो। यसअघि आईपीएलमा सबैभन्दा तेज शतक बनाउने रेकर्ड यूसुफ पठानको नाममा रहेको थियो, जसले राजस्थान रोयल्सबाट खेल्दै २०१०-मा मुम्बई इण्डियन्सविरुद्ध ३७ बलमा शतक बनाएका थिए अनि त्यस समय वैभवको जन्म पनि भएको थिएन। समग्रमा आईपीएलमा सबैभन्दा तेज शतकको रेकर्ड क्रिस गेलको नाममा रहेको छ, जसले रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-बाट खेल्दै २०१३-मा पुणे वरियर्सविरुद्ध केवल ३० बलमा शतक बनाएका थिए।
राजस्थान रोयल्सले म्याचमा गुजरातले दिएको २१० रनको लक्ष्यलाई १५.५ ओभरमै हासिल गऱ्यो। टी२० क्रिकेटको इतिहासमा २०० या त्यसभन्दा अधिकको स्कोरलाई सबैभन्दा कम्ती ओभरमा हासिल गरेको यो नयाँ रेकर्ड हो। यसअघि सर्रे, आरसीबी र पाकिस्तानले १६ ओभरमा लक्ष्यलाई हासिल गरेको थियो। वैभव टी२० क्रिकेटमा ५० या त्यसभन्दा अधिकको बनाउने सबैभन्दा युवा क्रिकेटर पनि बने। उनले हसन एईसाखिलको रेकर्ड तोड़े, जसले २०२२-मा बूस्ट डिफेण्डर्सबाट खेल्दै १५ साल ३६० दिनको उमेरमा स्टार्सविरुद्ध ७६ रन बनाएका थिए। सोमवार खेलिएको म्याचमा वैभव र यशस्वी जयसवालले मिलेर पहिलो विकेटको निम्ति १६६ रनको पार्टनरशीप गरे, जुन राजस्थान रोयल्सको आईपीएलमा कुनै पनि विकेटको निम्ति सर्वश्रेष्ठ पार्टनरशीप हो। यसअघि जोस बटलर र देवदत्त पडिक्कलले २०२२-मा दिल्ली क्यापिटल्सविरुद्ध पहिलो विकेटको निम्ति १५५ रनको पार्टनरशीप गरेका थिए। म्याचमा वैभवले जम्मा ११ वटा छक्का लगाए। यो आईपीएलको एउटा ईनिंग्समा कुनै भारतीयले लगाएको संयुक्त रूपले सर्वाधिक छक्का हो। यसअघि मुरली विजयले चेन्नई सुपर किंग्सबाट खेल्दै २०१०-मा राजस्थानविरुद्ध नै ११ वटा छक्का लगाएका थिए। राजस्थान रोयल्सले गुजरात टाइटन्सविरुद्ध पावरप्ले-मा ८७ रन बनायो। यो टीमको आईपीएल इतिहासमा सर्वाधिक पावरप्ले स्कोर हो। यसअघि २०२३-मा राजस्थानले सनराइजर्स हैदराबादविरुद्ध पावरप्लेमा १ विकेटमा ८५ रन बनाएको थियो। वैभवले आईपीएल पदार्पण गरिरहेका अफगानिस्तानका बलर करिम जनतको पहिलो ओभरमै ३० रन बनाए। यो पदार्पण म्याचमा कुनै पनि बलरले आफ्नो पहिलो ओभरमा खर्च गरेको सर्वाधिक रन हो। यसअघि वरुण चक्रवर्तीले आफ्नो पदार्पण ओभरमा २५ रन खर्च गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement