पूर्व हकी गोलकीपर श्रीजेशलाई पद्म भूषण र पूर्व क्रिकेटर अश्विनलाई पद्मश्री पुरस्कार

photocollage_2025429114259862

नयाँ दिल्ली: भारतीय हकी टीमका पूर्व गोलकीपर पीआर श्रीजेशलाई सोमवार पद्मभूषण पुरस्कारले सम्मानित गरियो जबकि भारतीय क्रिकेट टीमका पूर्व स्पिनर रविचन्द्रन अश्विनलाई पद्मश्री पुरस्कार दिइयो। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा एउटा समारोहमा श्रीजेश र अश्विनलाई सम्मानित गरिन्। कार्यक्रममा उपराष्ट्रपति जगदीप धनखड़ र प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए। श्रीजेश र अश्विनलाई यो सम्मान खेलमा उत्कृष्ट योगदानको निम्ति प्राप्त भयो। गणतन्त्र दिवसको पूर्व सन्ध्यामा केन्द्र सरकारले २०२५-को निम्ति पद्म पुरस्कारहरूको घोषणा गरेको थियो, जसमा श्रीजेश र अश्विनको नाम सामेल थियो। अश्विनले गत वर्ष अष्ट्रेलिया यात्राको अवधि इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिएका थिए। उनी भारतका सफलतम स्पिनरहरूमा सामेल छन्। अश्विनले टेस्ट क्रिकेटमा भारतका दोस्रो सबैभन्दा सफल बलरको रूपमा करियर समाप्त गरे। अश्विनले १०६ वटा टेस्ट म्याचममा ५३७ विकेट लिएका थिए। उनी केवल पूर्व स्पिनर अनिल कुम्बले (६१९ विकेट) भन्दा पछि रहे। अश्विन अहिले आईपीएल २०२५-मा चेन्नई सुपर किंग्सको प्रतिनिधित्व गरिरहेका छन्।
भारतीय हकीको भित्ता मानिने पीआर श्रीजेशले गत वर्ष पेरिस ओलम्पिकमा काँस्य पदक जितेपछि खेलबाट सन्न्यास लिएका थिए। अहिले उनी जूनियर पुरुष हकी टीमका मुख्य प्रशिक्षक हुन्। २०१०-मा सीनियर टीममा पदार्पण गरेपछि श्रीजेश भारतको निम्ति धेरैवटा यादगार जीतको हिस्सा रहे, जसमा २०१४ एशियन गेम्समा स्वर्ण र जकार्ता-पालेमबांग-मा २०१८ एशियाडको काँस्य पदक सामेल छ। उनी २०१८-मा एशियन च्याम्पियन्स ट्रफीमा संयुक्त विजेता बाहेक भुवनेश्वरमा २०१९ एफआईएच पुरुष सीरीज फाइनल च्याम्पियन टीममा पनि थिए। यसबाहेक उनी २०२२ कमनवेल्थ गेम्समा रजत र २०२३ एशियन च्याम्पियन्स ट्रफी जित्ने टीमको पनि हिस्सा थिए। २०२२-मा एशियन गेम्समा भारतलाई स्वर्ण पदक दिलाउनमा उनको ठूलो योगदान थियो। श्रीजेश लगातार दुईवटा ओलम्पिक (टोक्यो र पेरिस)-मा काँस्य पदक जित्ने भारतीय टीमका हिस्सा थिए। उनलाई २०२१-मा खेल रत्न पुरस्कारले सम्मानित गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement