वैभवको शतकले राजस्थान रोयल्स ८ विकेटले विजयी

IMG-20250429-WA0006

जयपुर: आईपीएल २०२५-को ४७औं म्याचमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गऱ्यो। यस जीतको साथ राजस्थान रोयल्सले १० वटा म्याचमा ६ पोइण्ट्सको साथ आठौं स्थानमा रहेर प्लेअफ्-को सम्भावनाहरूलाई कायम राख्यो। यसरी गुजरात टाइटन्स ९ वटा म्याचमा १२ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। सवाई मानसिंह स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै गुजरात टाइटन्सले २० ओभरमा ४ विकेट गुमाएर २०९ रनको विशाल स्कोर बनायो। गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ८४ रन बनाए। उनले ५० बल खेलेर ५ वटा चौका र ४ वटा छक्का लगाए। गिलले साई सुदर्शन (३९ रन)-सँग पहिलो विकेटको निम्ति ६२ बलमा ९३ रनको पार्टनरशीप गरे। साई सुदर्शन आउट भएपछि गिलले फेरि जोस बटलरसँग दोस्रो विकेटको निम्ति ७४ रनको पार्टनरशीप गरी टीमलाई विशाल स्कोर तर्फ अग्रसर गराए। बटलरले ४ वटा छक्का र ३ वटा चौकाको साथ २६ बलमा अविजित ५० रन बनाए। राहुल तेवतिया ९ र शाहरुख खान ५ रनमा अविजित रहे। राजस्थानका बलरहरूमा महीष तीक्ष्णाले सर्वाधिक २ विकेट लिए।

जवाफमा राजस्थान रोयल्सले १४ वर्षीय वैभव सूर्यवंशीको रेकर्ड शतकको सहायताले १५.५ ओभरमै २ विकेटमा २१२ रन बनाएर म्याच जित्यो। वैभवले ३८ बल खेलेर ११ वटा छक्का र ७ वटा चौकाको साथ १०१ रन बनाए। उनले यशस्वी जयसवालसँग मिलेर पहिलो विकेटको निम्ति ७१ बलमा १६६ रनको पार्टनरशीप गरी म्याचलाई एकतर्फी बनाए। जयसवालले ९ वटा चौका र २ वटा छक्काको साथ ४० बल खेलेर अविजित ७० रन बनाए। वैभव र नितिश राणा (४ रन) लगातार आउट भएपछि यशस्वीले कप्तान रियान परागसँग तेस्रो विकेटको निम्ति २० बलमा ४१ रनको अटूट पार्टनरशीप गरेर राजस्थानलाई जीत दिलाए। परागले २ वटा छक्का र २ वटा चौकाको साथ १५ बलमा अविजित ३२ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement