बोपन्ना-मिडिलकूपको जोड़ी फ्रेञ्च ओपनको दोस्रो राउण्डमा

IMG-20220525-WA0099.jpg

२५ मईः रोहन बोपन्ना र नीदरल्याण्डका उनका जोड़ीदार मात्वे मिडिलकूपले सीधा सेटमा जीतको साथ फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको पुरुष युगलको दोस्रो राउण्डमा स्थान बनाए। भारत र नीदरल्याण्डका अनुभवी १६औं वरीयता प्राप्त जोड़ीलाई पहिलो राउण्डको म्याचमा गुएमार्ड वेनबर्ग र लुका वेन एशेको स्थानीय वाइर्ड कार्ड धारक जोड़ीलाई ६-१, ६-१-ले पराजित गर्नमा अधिक समस्या भएन। भारतका रामकुमार रामनाथनले पनि टुर्नामेण्टमा हिस्सा लिएका छन् अनि उनले अमेरिकाका हण्टर रीससँग जोड़ी बनाएका छन्। भारत र अमेरिकाको यस जोड़ीले पहिलो राउण्डमा डेनियल अल्टमेयर र आस्कर ओटेको जर्मन जोड़ी विरुद्ध खेल्नेछ। यसरी नै महिला युगलमा सानिया मिर्जा र चेक गणराज्यकी उनकी जोड़ीदार लूसी हरादेकाको १०औं वरीयता प्राप्त जोड़ीले आफ्नो अभियानको शुरुवात जेस्मिन पाओलिनी र मार्टिना ट्रेविसानको इटलीको जोड़ी विरुद्ध गर्नेछ। भारतका यी तीनैजना खेलाड़ीले मिश्रित युगलमा पनि चुनौती पेश गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement