मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा मंगलबारेमा महकूमा कार्यालयको उदघाटन

IMG-20250428-WA0272

गान्तोक: सोरेङ जिल्ला अन्तर्गत रिञ्चेनपोङ निर्वाचन क्षेत्रको मंगलबारेमा नवनिर्मित महकूमा प्रशासन कार्यालयको आज मुख्यमन्त्री प्रेमसिंह तामाङले आधिकारिकरूपमा उदघाटन गरे। उल्लेखनीय छ, सोरेङ महकूमालाई जिल्लामा परिणत गरेपछि जिल्लाका आवश्यक पूर्वधारहरूलाई ध्यानमा राख्दै महकूमा कार्यालय स्थापना गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री तामाङले यस पूर्वधारले जनताको नजिक ल्याउन, राम्रो सेवा वितरण, दक्षता र शासनको सहजता सुनिश्चित गर्न एक महत्त्वपूर्ण संस्थाकोरूपमा काम गर्ने आशा व्यक्त गरे। उनले सबै अधिकारीहरूलाई शुभकामना व्यक्त गर्दै यस पूर्वाधारको निम्ति क्षेत्रवासीलाई हार्दिक बधाई तथा शुभकामना दिए। वर्ष २०१९ मा सिक्किममा व्यवस्था परिवर्तनको नारा लिएर आएको एसकेएम पार्टीलाई सिक्किमे जनताले भरोसा र विश्वास गरेर सरकारमा पुऱ्याएको र सरकारमा पुगेपछि बितेका पाँच बर्षदेखि अहिलेसम्म सिक्किमे जनताको निम्ति सामुहिक विकासमुलक काम गर्दै आएको दावी गरे। विगत पाँच बर्षको अवधिमा सरकारले जनताको पक्षमा समानरूपमा काम गर्दै आइरहेको उनको भनाइ रहेको छ। आज उद्घाटन गरिएको यस नयाँ पुर्वाधारले क्षेत्रका जनताको काममा धेरै सहज हुने मन्त्व्य राख्दै यहाँका सम्पूर्ण कर्मचारी, अधिकारी लगायत सबैलाई टीमवर्क बनाएर काम गर्न आग्रह गरे। यसक साथै उनले यो क्षेत्रलाई पर्यटनको दिशामा पनि अघि बढाएर लानुपर्ने आवश्यकतामाथि जोर दिए।
राज्य सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्रीले गरीब परिवारका नानीहरूलाई निःशुल्क पढाउने व्यवस्था गरिएको अवगत गराए। राज्यका गरीबका नानीहरूले पनि देशको प्रसिद्ध विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गरेको जानकारी गराउनको साथै सिकिस्त रोगीहरूलाई देशको राम्रो अस्पतालमा उपचारको निम्ति पठाएको र धेरै रोगीहरूले स्वास्थ्य लाभ लिइरहेको बताए। बेरोजगार युवाहरूले केही गर्छु भन्ने मनसाय लिएकाहरूलाई सरकारले मुख्यमन्त्री विवेकाधीन कोष, मुख्यमन्त्री सहायता योजना आदि जस्ता सरकारको योजनाहरूबाट सहयोग पुऱ्याएको पनि जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement