छाङगु झील परिसरबासीसित सम्बन्ध बनाउने दिशामा सेना

IMG-20250428-WA0271

गान्तोक: सिक्किम बटालियन एनसीसी र सेनाको पहलमा आज छाङ्गु झील परिसरमा भाइब्रेन्ट भिलेज कार्यक्रम आयोजना गरियो। कार्यक्रमको मुख्य उद्देश्य स्थानीयबासी र सेनाबीचको सम्वन्धलाई मजबुत गराउनको साथै सीमा क्षेत्रलाई बढावा दिनु रहेको थियो। उक्त कार्यक्रमले केन्द्र सरकारको भाइब्रेन्ट गाउँ योजनालाई विस्तार, फोहोर प्रबन्धनबारे स्थानीयहरूलाई जागरूकता गराउनको साथै छाङ्गु झील र नाथुला सडक परिसरलाई फोहोरमुक्त पार्नु रहेको थियो। यस अवसरमा गत केही दिनअघि जम्मी-कश्मीरको पहलगाम आतंकवादी आक्रमणमा परि ज्यान गुमाउने निर्दोष मानिसहरूको स्मरणमा एक मिनटको मौन धारण गरियो। उक्त कार्यक्रममा नरबहादुर भण्डारी डिग्री कलेज, एसआरएम र बुर्तुक सरकारी महाविद्यालका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। भारतीय सेनाद्वारा तोपखाना प्रविधिहरूमा प्रदर्शन र भारतीय सशस्त्र बल र सशस्त्र चिकित्सा सेवाहरूमा विभिन्न विषयमाथि पावर पोइन्ट प्रेजेन्टेसन मार्फत जानकारी दिइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement