मन्त्री राईद्वारा चार लाभार्थीलाई घर हस्तान्तरण

IMG-20250428-WA0269

गान्तोक: शहरी विकास विभागीय मन्त्री भोजराज राईले आज नाम्ची जिल्लाअन्तर्गत पोकलोक कामराङमा सिक्किम गरीब आवास योजनाद्वारा निर्मित चार घरको उदघाटन गरे। आज सिलिछुङ निवासी हरिप्रसाद राई, तिनिक वार्ड निवासी दिपेश प्रधान, साम्सेबुङ वार्ड निवासी कृष्ण ढकाल र अप्पर नन्दुगाउँ निवासी धनबहादुर छेत्रीलाई हस्तान्तरण गरियो। उक्त चारैजना लाभार्थीहरू पोकलोक नन्दुगाउँ खण्डका नागरिक हुन्। धेरै वर्षपछि पक्का घरमा बस्ने सपना पुरा भएकोमा लाभार्थीहरूले सरकारप्रति कृतज्ञता प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement