नव जागरण च्यालेञ्ज ट्रफीः यूएफसी बुङकुलुंग र मिलिकथोंग एफसी विजयी

IMG-20220912-WA0202.jpg

१२ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा यूएफसी बुङकुलुंगले एसवाईसी सिंगबुलीलाई ३-१-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा मिलिकथोंग एफसी-ले महेन्द्र गाउँ एफसीलाई १-०-ले पराजित गऱ्यो। मंगलवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा मिरिक भिक्टोरी क्लब र लाडुप स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच लाफा सेभेन र अनिकेत स्पोर्टिंग बुङकुलुंग-बीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ।टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement