काठमाडौँ: समृद्धि महर्जन र जेनी खड्का ११औँ सिटिजन्स बैंक टेनिस प्रतियोगिताको महिला सिंगल्समा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरे।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा समृद्धिले श्रेया भट्टराईलाई ६–३, ०–६ र ६–४ को सेटमा पराजित गरे।
जेनीले यि ओयाङबाट वाक ओभर पाए। सोही स्पर्धामा कर्मिस्था नुगाह श्रेष्ठले प्रशंसा मोक्तानलाई ७–६ र ६–१, आइशा डोल्कर गुरुङले म्यान्डी जियाङलाई ६–० र ६–१ तथा स्वस्तिका विष्टले प्राज्ना मानन्धरलाई ६–२ र ७–५ ले हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।
पुरुष सिंगल्समा आरभसम्राट हाडाले मनोज महर्जनलाई ६–० र ६–०, सन्देश अधिकारीले इरफान उद्दिनलाई ६–० र ६–० तथा दर्शिल श्रेष्ठलाई ३–६, ६–१ र ६–२ ले पाखा लगाउनुभयो। प्रणव खनालले विपुलविभोर अधिकारीबाट वाकओभर पाए।