कोशी प्रदेश स्तरीय ब्याड मिन्टनको उपाधि चौधरी र गुरुङ जोड़ीलाई

IMG-20250428-WA0209

झापा: झापाको अर्जुनधारामा सम्पन्न उप–प्रमुख कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी सशस्त्र प्रहरीको एपीएफ क्लबका बिनय चौधरी र भोजबहादुर गुरुङको जोडीले हात पारेको छ। उपाधीसँगै उनीहरुका जोडीले नगद ४० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।चौधरी र गुरुङको जोडीले दिवस साशंकर र बिशाल तामाङको जोडीलाई २१–१३ र २१–११ को सोझो सेटमा हरायो। उपविजेता बनेको साशंकर र तामाङको जोडीले नगद २५ हजार रुपैंयाँ पुरस्कार पायो। प्रतियोगितामा सुनिल कार्की र महेश राई तथा जुनुन राई र उत्सब उप्रेतीको जोडी तेस्रो भयो। तेस्रो हुने जोडीले १० हजार रुपैंयाँको दरले पुरस्कार पायो।
प्रदेशस्तरीय भेट्रान्स तर्फ पाँचथरका दिपक आङदेम्बे र अनिल थाम्सुहाङले २१–१७ र २१–१४ को नतिजा निकाल्दै उपाधी हात पारेका छन्। उनीहरुले नगद ३० हजार रुपैंयाँ पुरस्कार प्राप्त गरे। उपबिजेता बनेका झापाका सञ्जय भक्तराज र केडी गुरुङको जोडीले नगद २० हजार पुरस्कार पायो। तेस्रो हुने ओम खड्का र रमेश प्रसाई तथा उत्तम सिम्खडा र राजेश उप्रेतीको जोडीले ६ हजारका दरले पुरस्कार पाएको छ।
झापाका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी लक्षित अर्काे बिधाको पुरस्कार भने कमल गाउँपालिकाका सन्तोष राई र राजेश उप्रेतीको जोडीले हात पारेको छ। भद्रपुर नगरपालिकामाथी २१–१९ र २१–८ को सोझो सेटमा हावी हुँदै कमल गाउँपालिका बिजेता बनेको हो। २० हजार रुपैंयाँ प्रथम पुरस्कार रहेको यस बिधामा भद्रपुरका प्रज्ववल ओझा र राजधन राईको जोडी दोस्रो भयो। उनीहरुले नगद १० हजार रुपैंयाँ पुरस्कार पाए। भद्रपुरका सुर्य कटवाल र दावा तामाङ तथा बिर्तामोडका ओम खड्का र नवराज थापा तेस्रो भए। उनीहरुको जोडीले ४ हजार रुपैंयाँको दरले पुरस्कार पायो।
अर्जुनधाराका ११ वटा वडाको पनि प्रतियोगितामा सहभागिता रहेको थियो। वडास्तरीय प्रतियोगिताको उपाधी भने अर्जुजधारा–६ ले हात पारेको छ।
२१–१४, १२–२१ र २१–१८ को सेटमा नतिजा निकाल्दै सैलेन्द्र कुरुङवाङ र निरज सिलवालको जोडीले वडास्तरीय प्रतियोगिताको उपाधि रक्षा गरेको हो। उनीहरुको जोडीले नगद १५ हजार रुपैंयाँ पुरस्कार पायो। वडा न ११ का नन्दहाङ नेम्वाङ र विरबहादुर राईको जोडी दोस्रो भयो। उनीहरुले नगद १० हजार रुपैंयाँ पुरस्कार पाए। सुमन राई र भुपेन्द्र थापा तथा आशिष बिष्ट र एल्सन गदाइलीको जोडी तेस्रो हुँदै नगद २ हजार ५०० का दरले पुरस्कार पायो।
प्रतियोगिताको बिजेतालाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, नगर प्रमुख बलदेबसिंह गोम्देन, उप प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायतले नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए। अर्जुनधारा नगर खेलकुद विकास समितिकाे आयाेजनामा भएकाे प्रतियाेगितामा २०० जना खेलाडीकाे सहभागिता रहेकाे थियाे। चार बिधामा आयाेजना गरिएकाे प्रतियाेगिता तीनदिनमा समापन भएकाे हाे। नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रमको सञ्चालन सदस्य तिलक योञ्जनले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement