प्रहरी उपरीक्षक राजन लिम्बूले जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्ने

IMG-20250428-WA0204

झापा: जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक एसपी को सरुवा गरेको छ। महानिरीक्षकको वैशाख १५ गते(२८ अप्रिल)को निर्णयअनुसार उनीहरूको सरुवा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सो क्रममा झापाका प्रहरी उपरीक्षक केसीको समेत सरुवा भएको हो। केसीको उपत्यका प्रहरी कार्यालय रानीपोखरी काज सरुवा भएको हो। उनको काज सरुवा भएसंगै झापाको नेतृत्व सम्हाल्न राजन लिम्बू आउने भएका छन्। उनी जिल्ला प्रह्री कार्यालय चितवनबाट झापा आउने भएका हुन्।
एसपी दर्जाको आकर्षक मानिने तराईका भारतीय सीमावर्ती जिल्लामध्ये झापामा लिम्बू , चितवनमा गोविन्द पुरी, कैलालीमा बालनरसिंह राणा, सुर्खेतमा सुधीरराज शाही सरुवा भएका छन्। यसअघि २०८१ फागुन १ को सरुवामा विभिन्न जिल्ला प्रहरीको प्रमुखमा पठाइएका कतिपय एसपी १४ महिनापछि फिर्ता भएका छन्। त्यही मितिमा सरुवा भएका कतिपय प्रहरी ५३ दिनदेखि ९ १० महिनामै सरुवा भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement