देउराली संघ नक्आउट फूटबलः सेभेन फाइटर्स पानीघट्टा विजयी

IMG_20220912_190620.jpg

१२ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा सोमवार सेभेन फाइटर्स पानीघट्टाले रोमाञ्चक जीत हासिल गऱ्यो। रंगमोहन हाई स्कूल मैदानमा आज खेलिएको म्याचमा सेभेन फाइटर्स पानीघट्टाले सिमलबारी स्पोर्टिंग क्लबलाई १-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट एकमात्र गोल मेगन राईले छिराए। अब मंगलवार खेलिने म्याचमा ईष्ट चेंगा र बीडीएएस एफसी-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement