नयाँ दिल्ली: पहलगाम अतंकी हमलापछि राष्ट्रिय सुरक्षा या सार्वजनिक व्यवस्थाको कारणहरूले गर्दा भारत सरकारको आदेशमा पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तर र बासित अलीको यूट्यूब च्यानललाई भारतमा ब्लक (प्रसारण रोक्नु) गरिएको छ। भारत सरकारले २२ अप्रेलमा भएको आतंकवादी हमलापछि धेरै पाकिस्तानी च्यानलहरूमाथि पनि प्रतिबन्ध लगाएको छ। यस हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश नै पर्यटक थिए। यो कदम गृह मन्त्रालयको सिफारिशहरूपछि उठाइएको छ, जसमा पाकिस्तानका यी यूट्यूब च्यानलहरूले भारत, भारतीय सेना र सुरक्षा एजेन्सीहरूविरुद्ध भड़काउ र साम्प्रदायिक रूपले संवेदनशील सामग्री, झूटो एवम् भ्रामक बयानको साथ गलत सूचना प्रसारित गरिरहेको भनिएको थियो। ब्लक गरिएको यूट्यूब च्यानलहरूको लिस्टमा डन न्यूज, इरशाद भट्टी, समा टीभी, एआरवाई न्यूज, बोल न्यूज, रफ्तार, द पाकिस्तान रेफरेन्स, जियो न्यूज, समा स्पोर्ट्स, जीएनएम, उजैर क्रिकेट, उमर चीमा एक्सक्ल्यूसिव, अस्मा शिराजी, मुनीब फारुक, सुनो न्यूज र राजी नामा सामेल छ। आदेशपछि यूट्यूबले यी च्यानलहरूमाथि रोक लगाएको छ। शोएब अख्तर र बासित अलीको यूट्यूब च्यानल खोल्दा त्यसमा राष्ट्रिय सुरक्षा या सार्वजनिक व्यवस्थासँग सम्बन्धित सरकारको आदेशले गर्दा यी सामग्रीहरू वर्तमानमा यस देशमा उपलब्ध छैन लेखिएको देखिन्छ। शोएब अख्तर पाकिस्तानका पूर्व पेस बलर हुन्। उनी अन्तर्राष्ट्रिय क्रिकेट मुद्दाहरूमा आफ्नो गहन अनि अधिकांश समय नै हास्यपूर्ण विश्लेषणहरूले गर्दा भारतीय क्रिकेटप्रेमीहरूबीच निक्कै लोकप्रिय छन्। यसरी पाकिस्तानका पूर्व प्रशिक्षक बासित अलीले पनि आफ्नो च्यानलमा यस्तै सामग्रीहरू पेश गर्छन्।