जीटीए प्रमुख अनित थापाको बाहुलीबाट पर्यटकहरुका लागि हर्नबील पार्क र स्काई टावरको उदघाटन

IMG-20250428-WA0198

खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिद्वारा तीनधारेको दुई नम्बर बस्तीमा नव निर्मित हर्नबील पार्क र स्काई टावरको उदघाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको छ। तीनधारेको महानदी समष्टिको घैयाबारी ग्राम पञ्चायत दुईको दुई नम्बर बस्तीमा रहेको फूलबारी पार्कमा नवनिर्मित हर्नबील पार्क र स्काई टावरको उदघाटन आज गरिएको छ।‌ उक्त पार्क र स्काई टावरको उदघाटन जीटीएको प्रमुख कार्यपाल अनित थापाको विशेष उपस्थितिमा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले‌ रिबन काटेर उदघाटन गरेका थिए। उक्त उदघाटन कार्यक्रमको अध्यक्षता खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रूपमा जीटीएको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कार्यकारी सभासद कल्पना प्रधान, सभासदहरु श्याम शेर्पा, नुरी शेर्पा, नवराज छेत्री, परेश तिर्की, खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभाति नारायण थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। कर्माध्यक्ष भक्तिमान तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पञ्चायत समिति सदस्य मौसम तामाङले राखेका थिए। उक्त हर्नबील पार्क र स्काई टावरको उदघाटन कार्यक्रममा खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई सम्मान जनाइयो। यस अवसरमा उनलाई खदार्पणसहित फूल गुच्छा प्रदान गर्दै शल ओढाएर साथै जातीय टोपी पहिराएर अनि सम्बर्ध्दना पत्र प्रदान गरेर सम्मान गरिएको छ। तीनधारेदेखि केही मुनिस्थित उक्त हर्नबील पार्क र स्काई टावरको शिलान्यास गत वर्ष गरिएको थियो भने आज उदघाटन पनि गरिएको छ। उक्त हर्नबील पार्क ९ लाख ८७ हजार ३ सय ४१ रुपियाँको लागतमा निर्माण कार्य पूरा गरिएको अनि स्काई टावर २६ लाख ३५ हजारमा निर्माण गरिएको छ। उक्त हर्नबील पार्कको २०२३-२४ को फिफ्टिन फाईनेसमार्फत् निर्माण गरिएको अनि स्काई टावर राज्य अनुदानमा निर्माण गरिएको छ।‌ यस उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले यो हर्नबील पार्क खरसाङ पञ्चायत समितिद्वारा २०२३-२४ को फिफ्टिन फाईनेसमार्फत् निर्माण गरिएको र यसको लागत लगभग ९ लाख रहेको अनि स्काई टावरको निर्माण कार्य लगभग २६ लाखमा गरिएको जानकारी दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सभासद नवराज छेत्रीले भने, यो तीनधारे महानदी समष्टिकाे दुई नम्बर बस्तीमा निर्माण गरिएको छ। यसको लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र खरसाङ पञ्चायत समितिप्रति आभार प्रकट गरेका छन्। उनले यसलाई सठीक रुपमा संरक्षण अनि सम्बर्ध्दन गर्न पनि निवेदन गरेका थिए।‌ दुई नम्बर बस्तीमा निर्माण गरिएको हर्नबील पार्क र स्काई टावरको रेखदेख स्थानीय टौरको कमिटीले‌ रेखदेख गर्ने भएको छ। उक्त कमिटीमा‌ सभापति सुदन लामा, सचिव युवराज थापा, कोषाध्यक्ष ज्योति भट्टराई साथै सदस्यहरु अनि क्षेत्रीय पञ्चायत समिति सदस्य साजन दर्जी र घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा रहेका छन्‌ अब यही कमिटीको रेखदेखमा यो हर्नबील पार्क र स्काई टावरको सञ्चालन हुने भएको छ‌।‌ कार्यक्रममा अन्तोस तामाङ, साजन लेप्चा, दिपेस तामाङ आदिले गीत प्रस्तुत गरेका थिए भने नानीहरुले नृत्य पनि प्रस्तुत गरेका थिए।‌

उक्त हर्नबील पार्क र स्काई टावरको उदघाटन कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्री प्रधानले यो हर्नबील पार्क र स्काई टावर खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट स्थानीयहरुलाई रोजगार प्रदान गर्नलाई साथै पर्यटकहरुलाई आकर्षित गर्नलाई निर्माण गरिएको बताइन्। उनले यस हर्नबील पार्क र स्काई टावरको सबैले संरक्षण गर्नु पर्ने कुरामा जोड दिएकी छन्। उनले यस्ता पर्यटकीय स्थलहरूको संरक्षण गर्नु पर्ने आह्वान् पनि गरेका छन्।
त्यसरी नै खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले‌ पनि यस विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement