कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः मल्ली एफसी र पीवाईएस ए विजयी

IMG_20220912_184424.jpg

१२ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको पहिलो म्याचमा मल्ली एफसी-ले टिस्टा फूटबल एकाडमीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट कीर्तन छेत्री र योगेश गुरुङले गोल गरे। यसरी नै टिस्टा एफए-बाट प्रजल राईले गोल गरे। दिनको दोस्रो म्याचमा आयोजक पहाड़ी युवा संघ (पीवाईएस) ए टीमले साई दापोवाल कालेबुङलाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सुदीप शर्मा र दीपन ताममाङले २-२ गोल गरे। यसबाहेक १ गोल प्रदीप राईले गरे। कालेबुङको टीमबाट सञ्जय राई र सागर राईले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement