डीआईजी सरुवा: को-को, कुन-कुन प्रदेश प्रमुख बन्दैछन्

IMG-20250428-WA0048

काठमाडौ: नेपाल प्रहरीमा रिक्त १० डीआईजी बढुवाको रस्साकस्सीका बीच गृह मन्त्रालयमा रिक्त रहेका प्रदेश प्रहरी प्रमुख खटाउने तयारी चलिरहेको छ।
चैत ४ गते(१७ अप्रिल) ३० वर्षे सेवा अवधि पूरा गरी आईजीपी वसन्त बहादुर कुँवर अवकाश हुँदा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख पनि अवकाश भएका थिए। गत साता प्रकाशित एआईजी बढुवा सिफारिसमा कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका प्रहरी प्रमुख पनि परेपछि सातै प्रदेश प्रहरी प्रमुखविहीन भएका हुन्।
कोशी प्रदेशका डीआईजी राजन अधिकारी एआईजी बढुवा सिफारिस भएपछि रिक्त हुँदैछ। त्यहाँ जानका लागि गोविन्द थपलियाको प्रयास छ।
मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य पनि एआईजी बढुवाको सिफारिसमा परेका कारण त्यहाँ पठाउनका लागि हालसम्म उमाप्रसाद चतुर्वेदीको नाम तयार पारिएको छ। यद्यपि, चतुर्वेदी आफैँले लुम्बिनी प्रदेश जाने रुचि देखाएका छन्।
तर, यी दुवै प्रदेशमा बढुवा हुने डीआईजीबाट पठाउनुपर्ने अर्को दबाब छ कोशीका लागि भूपेन्द्र खत्री र मधेसका लागि सोमेन्द्रसिंह राठौरको चर्चा छ। यद्यपि, खत्रीले अहिले एसएसपी दर्जामा सम्हालिरहेको भरतपुरस्थित जुनियर प्रहरी शिक्षालय र राठौरले सम्हालिरहेको गौचरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा गार्डको जिम्मेवारी नै यसअघि डीआईजीलाई दिइने गरिन्थ्यो।
बागमती प्रदेश प्रहरी प्रमुखका रूपमा ईश्वर कार्कीको नाम प्रधान कार्यालयले सिफारिस गरेको छ। त्यहाँका डीआईजी कृष्णहरि शर्मा पोखरेल एआईजी बढुवा सिफारिस भएपछि उक्त प्रदेश रिक्त हुने भएको हो।
लुम्बिनीमा राजेन्द्र भट्ट जाने प्रहरी प्रधान कार्यालयको सिफारिस छ। त्यहाँका प्रहरी प्रमुख दानबहादुर कार्की एआईजी बढुवाका लागि सिफारिस भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement