म्याड्रिड ओपनमा नोवाक जोकोविचको पहिलो राउण्डमै बिदाई

IMG-20250427-WA0267

नयाँ दिल्ली: स्पेनको राजधानी म्याड्रिडमा त्यस समय ठूलो उलटफेर देख्न पाइयो जब सर्बियाई टेनिस स्टार नोवाक जोकोविच म्याड्रिड ओपन २०२५-को पहिलो राउण्डमै हारेर बाहिर भए। शनिवार खेलिएको पुरुष एकलको पहिलो राउण्डको म्याचमा उनलाई इटलीका खेलाड़ी मातेओ अर्नाल्डीले १ घण्टा ४१ मिनटमा ६-३, ६-४-ले पराजित गरे। म्याड्रिड ओपनलाई लिएर यस साल चौथोपल्ट रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन जोकोविच कुनै टुर्नामेण्टको पहिलो राउण्डमै बाहिर भए। अष्ट्रेलियन ओपनपछि स्टार टेनिस खेलाड़ीको फर्म सही रहेको छैन। उनले कतर ओपन, इण्डियन वेल्स, मोण्टे कार्लो मास्टर्स र यसपाली म्याड्रिड ओपनमा पहिलो राउण्डमै हारको सामना गर्नु पऱ्यो। चाखलाग्दो कुरा के छ भने जोकोविचलाई त्यही खेलाड़ीले पराजित गरे जसले आफ्नो स्कूले दिनहरूमा डेस्कको मुनि लुकेर फोनमा जोकोविचका म्याचहरू हेर्ने गर्थे। आफ्नो आदर्शलाई पराजित गरेपछि २४ वर्षीय अर्नाल्डीले आफ्नो सपना साकार भएको जस्तो तरिकाले खुशीयाली मनाए। म्याचपछि अर्नाल्डीले भने, धेरै हदसम्म कुनै सन्देह बिना उनी मेरो आदर्श हुन्। म त उनीसँग खेल्न पाएर नै खुशी थिए कारण मैले उनीसँग कहिले खेलेको थिइनँ। एकपल्ट उनीसँग अभ्यास गर्ने मौका चाहिँ पाएको थिएँ। यसैकारण यस्तो मञ्चमा उनीसँग खेल्न पाउनु नै मेरो निम्ति जीत थियो। उनी अहिले आफ्नो सर्वश्रेष्ठ फर्ममा छैनन्। म आफ्नो सर्वश्रेष्ठ टेनिस खेल्न अनि जीतको प्रयास गर्न कोर्टमा ओर्लिएको थिएँ। अहिले म्याच जितेर सपना साकार भएको जस्तो लाग्दैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement