दिल्ली क्यापिटल्सलाई पराजित गरी शीर्ष स्थानमा पुग्यो आरसीबी

IMG-20250428-WA0001

नयाँ दिल्ली: रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले आईपीएल २०२५-को ४६औं म्याचमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गऱ्यो। यस जीतको साथ आरसीबी-ले १० वटा म्याचमा १४ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। यसरी दिल्ली क्यापिटल्स १२ पोइण्ट्स लिएर चौथो स्थानमा रहेको छ। अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सले २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो। त्यसपछि आरसीबी-ले १८.३ ओभरमै ४ विकेटमा १६५ रन बनाएर म्याच जित्यो। दिल्ली क्यापिटल्सबाट क्रुणाल पाण्ड्याले सर्वाधिक अविजित ७३ रन बनाए। उनले ४७ बल खेलेर ५ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक विराट कोहलीले ४७ बलमा ४ वटा चौकाको साथ ५१ रन बनाए। लक्ष्यलाई पीछा गर्दै २६ रनमा ३ विकेट गुमाएपछि कोहली र क्रुणालले चौथो विकेटको निम्ति ११९ रनको म्याच जिताउने पार्टनरशीप गरे। अन्तमा टिम डेविडले ३ वटा चौका र एउटा छक्काको साथ अविजित १९ रन बनाएर टीमलाई जीत दिलाए। दिल्लीका बलरहरूमा कप्तान अक्षर पटेलले सर्वाधिक २ विकेट लिए। यसअघि दिल्ली क्यापिटल्सबाट केएल राहुलले सर्वाधिक ४१ रन बनाए। उनले ३९ बल खेलेर ३ वटा चौका लगाए। यसबाहेक ट्रिस्टन स्टब्सले ५ वटा चौका र एउटा छक्काको साथ १८ बलमा ३४ रन बनाए। यी दुईबाहेक अभिषेक पोरेलले २८ र फाफ डू प्लेसिसले २२ रन बनाए। आरसीबी-का बलरहरूमा भुवनेश्वर कुमारले ३ र जोश हेजलवुडले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement