गान्तोक: आमाको मुख(माता तीर्थ औंसी) हेर्ने पवित्र दिनको शुभ अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सम्पूर्ण पुजनीय आमाहरूप्रति हार्दिक श्रद्धा, भक्ति, आदर अनि कृतज्ञताको भावना व्यक्त गर्दै सम्पूर्ण राज्यवासी अनि
देशवासीमा मंगलमय शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा भनेका छन्, ‘आमा हाम्रो जीवनको पहिलो गुरु, प्रथम संरक्षिका र माया-ममता, त्याग, बलिदान अनि समर्पणकी अनुपम उदाहरण हुनुहुन्छ। आजको दिन हामी आमाहरुको अमूल्य योगदानको सम्झना गर्दै उहाँहरूलाई सम्मान र प्रेम व्यक्त गर्ने सुअवसर हो।’ मुख्यमन्त्रीले यस अवसरमा हामीले माताप्रतिको कर्तव्य र जिम्मेवारीलाई अझ गहिरो रुपमा आत्मसात गरी उहाँहरूको सेवा, सम्मान र स्नेहमा कुनै कसर बाँकी नराख्ने प्रण गर्नुपर्दछ भनी बताएका छन्। उनले समाजमा आमाहरूको गरिमा र सम्मान उच्च बनाइराख्न राज्य र जनसमुदाय दुबैको साझा प्रयास आवश्यक छ रहेको उल्लेख गरेका छन्।मुख्यमन्त्रीले माता तिर्थ औंसीको यो पवित्र दिनले हामी सबैलाई परिवार र समाजमा प्रेम, आदर र सद्भावना फैलाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेको छन्। उनले सबै पुजनीय आमाहरूको सुस्वस्थ्य, दीर्घायु र सुखमय जीवनको लागि प्रार्थना गरेका छन्।